कैलालीको लम्कीचुहामा बम भेटियो


जिल्लाको लम्कीचुहा नगरपालिका–१, लम्की बजारमा बुधबार बिहान दुर्इ वटा प्रेसर कुकर बम फेला परेका छन् । नगरपालिकामा रहेको मेघाश्री उद्योग परिसरमा बम फेला परेकाे हाे ।

इलाका प्रहरी कार्यालय, लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले अज्ञात समूहले गएराति उद्योग परिसरमा बम राखेको जानकारी दिए ।

 

प्रहरीले बम फेला परेको स्थानलाई अहिले घेरा हालेर राखेको छ । प्रहरी निरीक्षक जोशीले बम डिस्पोजका लागि गोरंगेस्थित नेपाली सेनालाई खबर गरिएको बताए ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *