टीकापुर अस्पतालका बिरामीका लागि रगत निशुल्क हुने


टीकापुर २ साउन
यस वर्ष देखि टीकापुर अस्तपालमा उपचार गर्ने बिरामीहरुले रगत निशुल्क पाउने भएका छन ।
यस अघी रेपाल रेडक्रस सोसाइटीइ टीकापुर उप शाखाद्धारा सञ्चालित ब्लड बैंकमा ब्लड प्रोसेसिङ गरेबापतको प्रति प्वाएन्ट ८ सय ५० शुल्क लाग्ने गरेको थियो ।
टीकापुर नगरपालिकाले यस वर्षको बजेटमा टीकापुर अस्पतालमा उपचार गर्ने बिरामीहरुलाई रगत निशुल्क प्रदान गरिने गरि आवश्यक बजेट बिनियोजन गरेकोले अस्पतालमा रगत निशुल्क पाइने भएको हो ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले यस वर्षको बजेटमा टीकापुर अस्पतालका बिरामीहरुलाई आवश्यक पर्ने रगत निशुल्क दिने गरी आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिनु भयो ।
‘हामीले कार्यबिधि बनाएर केही महिना भित्र यो लागु गर्ने योजना बनाएका छौं, नगर प्रमुख रावलले बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी टीकापुर उप शाखाका सभापति जगदिश्वर पण्डितले नगरपालिकाले टीकापुर अस्पतालका बिरामीका लागि निशुल्क रगत उपलब्ध गराउन बजेट बिनियोजन गरेको आफुले अनौपचारिकरुपमा जानकारी पाएको बताउनु भयो ।
बिनियोजन गरिएको बजेट मध्य केही रगत प्रोसेसिङ र केही रक्तदानका लागि जनचेतनामा खर्च गरिने बताउदै सभापति पण्डितले निशुल्क रगतको व्यवस्थाका लागि बजेट छुट्टयाएकोमा नगरपालिकालाई धन्यवाद दिनु भयो ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *