मलेसियामा विदेशी कामदार संकट : जिटुजी प्रक्रिया अपनाउन मलेसिया तयार, नेपाललाई ‘नरम’ बन्न आग्रह


काठमाडौँ । मलेसियाका मानव संशाधन मन्त्रीले नेपाल सरकारलाई नेपाली कामदारलाई रोजगारीका लागि मलेसिया पठाउने विषयमा ‘नरम’ बन्न आग्रह गरेका छन् ।

मन्त्री एम. कुलासेगारानले मलेसियाका विभिन्न उद्योग तथा कम्पनी विदेशी कामदारमा आश्रित रहेको बताउँदै सो आग्रह गरेका हुन् ।

‘नेपालका कामदार यहाँ आउने अन्य संयन्त्रको पहिचान गर्ने प्रयास गर्नेछौँ । अन्यथा देशमा कामदारको संकट पर्नेछ र यसले विकासमा ठूलो धक्का लाग्नेछ,’ एक कम्पनीमा आयोजित कार्यक्रमपछि उनले भने ।
‘हामीलाई आशा छ, यसबीच नेपालले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ र नरम बन्नेछ,’ उनले भने ।

कुलासेगारानले तेस्रो पक्ष कम्पनी प्रयोग गरेर विदेशी कामदार छनौट गर्दा लाग्ने ठूलो रकम बारे आफू जानकार भएको पनि बताए ।

‘यो सबै समस्या अघिल्लो सरकारका कारण आएको हो र हामी यसलाई समाधान कसरी गर्ने भन्ने विषयमा सोचिरहेका छौँ,’ उनले भने, ‘क्याबिनेटमा पनि यो विषयबारे छलफल भइसकेको र म आगामी हप्ता एउटा नयाँ प्रतिवेदन लेख्नेछु र तुरुन्त कार्यान्वयन गर्नेछु ।’

कुलासेगारानले यस विषयमा नेपाल सरकारका अधिकारीहरुसँग पनि निरन्तर छलफल भएको जानकारी दिए ।

उनले हाल लागु गरिएको तेस्रो पक्षलाई हटाएर सरकारदेखि सरकार (जिटुजी) प्रक्रियाबाट नेपाली कामदारलाई मलेसियामा रोजगारीको व्यवस्था मिलाउन मलेसिया सरकार तयार रहेको पनि बताए ।

रातोपाटीबाट

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

4 comments on “मलेसियामा विदेशी कामदार संकट : जिटुजी प्रक्रिया अपनाउन मलेसिया तयार, नेपाललाई ‘नरम’ बन्न आग्रह

Asla beklemedigim 1-2 kisiyi g�r�nce sok ge�irdim ??

ufabetstar365

UFABET สมัครง่าย เว็บตรงยูฟ่าออนไลน์ เว็บคาสิโนออนไลน์ บาคาร่าสด แทงบอล สล็อตพีจี ครบวงจรที่เดียว ฝาก-ถอนออโต้ 30วินาที UFA – ยูฟ่า อันดับ1 ufabetstar365

ufa7-11

UFA7-11 UFABET เว็บไซต์พนันออนไลน์ คาสิโนออนไลน์ ที่สมบูรณ์แบบที่สุด มีความ มั่นคง และ บริการเยี่ยม ที่สุด ยูฟ่าเบท ยังคงครอบเป็นอันดับ 1

UFAVIP666

ufavip666 เปิดมิติใหม่ในการเล่นเกมไพ่ บาคาร่าออนไลน์ ได้แล้วที่สุดยอดเว็บไซต์ ufavip666 ของเราในตอนนี้ ทางเราพร้อมการันตีได้เลยว่านักเดิมพันทุกคน จะได้พบกับความสนุกสุดมันส์

Leave a Reply

Your email address will not be published. Required fields are marked *