निषेधित क्षेत्र घोषणाले जानकी गाउपालिकाको वडा नं. ९ मा जुवातास खेल्ने कार्यमा कमी


टीकापुर १४ साउन
जुवातासले वार्डवासीहरुलाई कुलतमा फसाउन थालेपछि जानकी गाँउपालिका वार्ड नं. ९ लाई जुवातास निषेधित क्षेत्र घोषणा गरेको थियो । घोषणा पछि अहिले गाउमा मानिसहरु जुवातास खेल्न बन्द गरेका छन् ।
जानकी गाउँपालिकाको वडा नं. ९ मा जुवातास खेल्न बन्द भएको छ । विगतमा सडक तथा चौकमै जुवातास खेलिने वडा नं. ९ मा जुवातास निषेधित क्षेत्र घोषणा गरेपछि कमी आएको वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताउनुभयो ।
गाँउपालिकामा जुवातासले विभिन्न हिंसा तथा विकृति मौलाउदै गएकाले गतबर्ष पौष १९ गते वडालाई जुवातास निषेधित क्षेत्र घोषणा गरेको थियो ।
सामाजिक विकास तथा नमुना क्षेत्र बनाउन वडास्तरबाट शुरुवातका रुपमा जुवातास निषेधित क्षेत्र घोषणा गरि कार्यान्वयमा ल्याएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले घोषणाको आफसले सधैं निगरानी गरिरहेको बताउंदै आगामी दिन जुवातास संगै मदिरा समेत निधेषित गर्ने तयारीमा रहेको बताउनुभयो ।
जुवातास नियन्त्रणको लागि स्थानीय तहबाटै नीतिबनाई कडाइका साथलागु गर्न सुरुवात गरेको वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताउनुभयो । उहांले वडामा निषेधित क्षेत्र घोषणा गरेपनि पक्राउ र कारवाही भने कसैलाई गरेको छैन । उहांले जुवाडे प्रहरीको फन्दामा परे एक हजार जरिवाना तिराउने निर्णय समेत भएको बताउनुभयो ।
जुवातास निषेधित क्षेत्र घोषणाले अवका दिनमा थप लैगिङ्क हिंसा अन्त्यमा सहयोग पुग्ने भएकाले प्रभावकारी कार्यान्वयनको लागि प्रहरी परिचालन बढाउने प्रहरीले बताएको छ । वडाले जुवाडेलाई पक्राउ गरे जरिमाना तिराउने कार्य भएको बताएपनि अमरावति प्रहरी चौकीका चक्रजंग शाहीले निषेधित क्षेत्र घोषणापछि पक्राउ भने कोही नपरेको बताउनुभयो । उहांले जुवातास भन्दा मदिरा सेवनका घटना प्रहरी काहाँ बढी आउने गरेका बताउनु भयो ।
जुवातासले मानिसको समय बर्बाद संगै धनजनको क्षति हुने गर्दछ । जुवातास निषेधित क्षेत्र घोषणाले अव आफ्नै खेतबारीको काम गर्न दबाब पुग्ने भएकाले राम्रो कार्यको थालनीका लागि सबैबाट सहयोग हुनु पर्दछ ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

3 comments on “निषेधित क्षेत्र घोषणाले जानकी गाउपालिकाको वडा नं. ९ मा जुवातास खेल्ने कार्यमा कमी

ufabetstar365

UFABET สมัครง่าย เว็บตรงยูฟ่าออนไลน์ เว็บคาสิโนออนไลน์ บาคาร่าสด แทงบอล สล็อตพีจี ครบวงจรที่เดียว ฝาก-ถอนออโต้ 30วินาที UFA – ยูฟ่า อันดับ1 ufabetstar365

ufa711

UFA7-11 UFABET เว็บไซต์พนันออนไลน์ คาสิโนออนไลน์ ที่สมบูรณ์แบบที่สุด มีความ มั่นคง และ บริการเยี่ยม ที่สุด ยูฟ่าเบท ยังคงครอบเป็นอันดับ 1

UFAVIP666

ufavip666 เปิดมิติใหม่ในการเล่นเกมไพ่ บาคาร่าออนไลน์ ได้แล้วที่สุดยอดเว็บไซต์ ufavip666 ของเราในตอนนี้ ทางเราพร้อมการันตีได้เลยว่านักเดิมพันทุกคน จะได้พบกับความสนุกสุดมันส์

Leave a Reply

Your email address will not be published. Required fields are marked *