प्रदेश न. ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीले संसार भरी विभिन्न बहानामा भई रहेका लडाई प्राकृतिक स्रोतमाथि आप्mनो आधिपत्य जमाउन खोजेका कारण भएका बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महांसंघ प्रदेश न. ७ को प्रथम अधिवेशन लाई कैलालीको टीकापुरमा उद्घाटन गर्दै मन्त्री सोडारीले सो कुरा बताउनु भएको हो ।
उहाले सामुदायिक वनले देशमा धेरै राम्रा काम गरेपनि आज देशमा विभिन्न बहानामा बन जंगलको नोक्सानी बढीरहेको बताउनु भयो । यदि यसैगरी देशमा वन कटानी बढ्दै जाने हो भने भोलीको दिनमा निकै समस्या आउने बताउनुभयो । प्रदेश ७ विभिन्न जडीबुटीको खानी भएकोले यसको सही सदुपयोग गरी अगाडी बढ्न सामुदायिक वन उपभोक्ता महासंघलाई सुझाव दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रदेश नम्बर ७ का उद्योग, वन तथा वाताारण मन्त्री माया भट्टले देशमा राजनिती क्रान्ति समाप्त भईसकेकाले देश अब आर्थिक क्रान्तिमा अगाडी बढ्नु पर्ने बताउनुभयो । उहाले प्रदेश न. ७ लाई संबृद्धि बनाउन यहां रहेको जडीबुटीलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्राकृति स्रोत तथा द्धन्द्व रुपान्तरण संस्थाका कार्यकारी प्रमुख चुपबहादुर थापाले नेपालको सामुदायिक बन विश्वमा नमुना भएको र कुनै पनि संस्था विधी विधानले संचालन हुने हुदां यो कुरा सामुदायिक बनमा पनि लागु हुने अपेक्षा गरेको बताउनु भयो ।
कार्यक्रममा वन जंगल जोगाउन खोज्दा साहदत्त प्राप्त गरेका चेतना सामुदायिक बन उपाभोक्ता समितिका करण थापालाई मराणोपरान्त र वन्यजन्तुको संरक्षण गरे बाफत बाफर नेपाललाई सम्मान गरिएको छ ।
सामुदायिक बन उपभोक्ता महांसंघ प्रदेश न. ७ का सहसंयोजक शेरबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ टीकापुरका अध्यक्ष श्याम खत्री, सामुदायिक वनका प्रदेश ७ का कोषाध्यक्ष तथा सिलगढी नगरपालिकाकी मेयर मन्जु मलासी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारणसभामा प्रदेश नम्बर ७ का करिब ७ सय जना प्रतिनिधी सहभागि रहेका छन् । साधारणसभामा नया नेतृत्व चयनका लागि भोली निर्वाचन हुनेछ ।
One comment on “मन्त्री सोडारीद्धारा बव उपभोक्ता महासंघको अधिबेशन उद्घाटन”
Keisha
January 17, 2024 at 6:24 amThank you for these special articles.SLOTXO the slots website for the new generation Modern usage system, real distribution, real payment 100%