नदी कटानका कारण टीकापुरमा जाेखिम बढ्याे


टीकापुर १४ भाद्र, नदी कटानका कारण कर्णाली नदि फुट्ने खतरा देखिएकाे छ । टीकापुर नगरपालिका वार्ड २ जनशक्ति सामुदायिक वनकाे मुलपानीमा कर्णाली नदीले तट्बन्ध कटान गर्दा नदीले बहाब बदल्ने र यसलाई नियन्त्रण नगरेमा बस्तीमा क्षति पुग्ने देखिएकाे छ।
उक्त ठाउमा याे वर्ष नै निर्माण गरिएकाे तटबन्ध कमजाेर रहेकाा कारण नदी कटानले बस्तीमा नदी फर्किने अवस्था अाएकाे स्थानियहरु बताउछन ।
नदी कटानले करिव १०० मिटर तटबन्ध बगेर जाने सम्भावना रहेको र कर्णालीको पानी नगरक्षेत्र पस्ने जोखिम रहेको छ । साे ठाउलाई अाज टीकापुर नगरपालिकाका मेयर र उप मेयरले निरिक्षण गरेका छन । “नदी कटानका कारण फेरी जाेखिम देखिएकाे छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, उपायकाे खाेजि गर्दैछाैं” टीकापुर नगर पालिकाका प्रमुख तपेन्द्र रावलले भन्नुभयाे ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *