![](http://khaptadkhabar.com/np/wp-content/uploads/2020/12/received_196600285423230-730x300.jpeg)
‘टीकापुर, १७ मसिर
टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यले सामाजिक अपराधको प्रकृति, पहिचान र न्यूनिकरण गर्न छिटो सूचना प्रवाह हुनुपर्ने चर्चा गर्दै विभिन्न संघसंस्था, नागरिक, समुदायसँग सहकार्य गरी अपराधमुक्त समाज निर्माण गर्न सकिने बताउनुभयो ।
बुधबार टीकापुरमा युवा शान्ति परिषद नेपालको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा सामुदायिक प्रहरी सेवा केन्द्र टीकापुर र ईलाका प्रहरी कार्यालय टीकापुरको समन्वयमा समुदायमा हुने हिंसा र अपराधका घट्ना न्यूनिकरणका लागि स्थानिय सरकार, नागरिक संघ संस्था प्रहरीबीच अन्तरक्रिया कार्यक्रम सो कुरा बताउनुभएकाे हाे।
कार्यक्रमका प्रमुख अतिथि रहेका वडाध्यक्ष आचार्यले शान्तिपूर्ण समाज हरेक व्यक्तिको परिकल्पना भएकोले यसलाई सफल बनाउन नागरिक र प्रहरीको सहकार्य महत्वपूर्ण हुने समेत उहाँले बताउनुभयो ।
समाजमा हुने हिंसा र अपराध का घट्ना न्यूनिकरणका लागि आफु लागि परेको बाउँदै आगामी बर्षको नीति तथा कार्यक्रममा सो कार्यक्रम का लागि बजेट छुट्टयाउनुका साथै कार्यक्रम समावेश गने उहाँले बताउनुभयो ।
विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेले समुदायमा हुने अपराध, हिंसा र लागुपदार्थ दुव्र्यसनी जस्ता कार्य नियन्त्रण गर्न, सभ्य समाजको निर्माण गर्न समुदायको हरेक नागरिक तथा अभिभावकले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले समाजका आपराधिक क्रियाकलाप न्यूनिकरण गर्न प्रहरी मात्र नभई नागरिक समुदाय पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
लागुऔषध तथा दुव्र्यसनी मुलुककै ठूलो समस्या भएको हुनाले यसले ब्यक्ति समाज र सिंगाे राष्ट्रलाई नै ठुलाे समस्यामा पार्न सक्ने बताउँदै यस्ता कुलतमा फस्न नदिन आफ्ना छोराछोरीप्रति सचेत हुँदै सबै मिलेर यसको नियन्त्रण गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा नव जीवन पुनस्थापना केन्द्रका कल्पेश कुँवरले टीकापुर क्षेत्रमा रहेका चार वटा पुनस्थापना केन्द्रले दुव्र्यसनीमा फसकेका युवाहरु लाई सुधार्न सकारात्मक प्रयास भएको बताउनुभयो ।
लागुऔषध मानव जविनको सबैभन्दा ठूलो सत्रु भएकोले यसको रोकथामका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कँवरले पुनस्थापना केन्द्रले स्थानिय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको उद्देश्य तथा आवश्यकता बारे युवा शान्ति परिषद धनगढीका अध्यक्ष प्रेम ढुंगानाले प्रकाश पार्नुभएको थियो भने कार्यक्रम को सहजिकरण सामुदायिक प्रहरी सेवा केन्द्र टीकापुरको मेलमिलाप समितका संयोजक तारा प्रसाद अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र टीकापुरका अध्यक्ष मोहन नाथ योगीको अध्यक्षतामा विभिन्न संघ संस्था, टीकापुरमा संचालित पुर्न स्थापना केन्द्रहरु, बडघर भल्मन्साका प्रतिनिधीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
One comment on “अपराध न्युनिकरणमा सबैकाे सहकार्य अावश्यक”
safetoto
April 29, 2023 at 9:33 amAs I am looking at your writing, safetoto I regret being unable to do outdoor activities due to Corona 19, and I miss my old daily life. If you also miss the daily life of those days, would you please visit my site once? My site is a site where I post about photos and daily life when I was free.