काेराेनाका कारण सिमानाका बन्द भयपछि नेपाली बजारमा चहलपहल बढ्याे


शेर बहादुर विष्ट
टीकापुर, २२ मंसिर
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भएको सीमा नाका बन्दले टीकापुर का अधिकांश व्यापारीलाई फाईदा भएको छ भने एकतर्फ भोलिको दिनमा सिमानाका खुले टीकापुर बजार पुनः सुस्ताउने टीकापुरका व्यापारी लाई चिन्ता पनि बढेको छ ।
भारती बजार तिकुनिया टीकापुरबाट करिब २० किमिको दूरीमा रहेको र सामान सस्तो मूल्यमा पाइने भएकोले टीकापुर लगायत यस क्षेत्रका आसपासका स्थानिय हरु सामान्य दैनिक उपभोग्य वस्तु खरिद गर्न जाने गरेको ले व्यापार सुस्ताउने हो कि भन्ने चिन्ता बढेको छ ।
यहाँका मानिसहरू साइकल बाट दुई घण्टाको दूरीमा रहेको तिकुनिया पुग्ने गरेका छन् । सिमानाका खुला भएपछि तिकुनिया बजार यहाँको मानिसहरुको लागि किनमेलको केन्द्र नै बन्न पुग्छ ।
तर कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले नेपाल भारत सीमा बन्द गरेपछि कैलाली टीकापुरका अधिकांश व्यापारीहरुलाई अहिले फाईदा भएको छ ।
बन्द हुनु अघि सामान्य किनमेलका लागि होस या चार्ड पर्वमा यस क्षेत्रका मानिसहरु भारतीय बजार तिकुनिया पुग्ने गरेका थिए । तर अहिले सीमा बन्द भएपछि ती उपभोक्ताहरू नेपाली बजार मै समिति भएका छन् । जसले गर्दा व्यापार राम्रो भएको टीकापुरका व्यापारीहरू बताउने गरेका छन् । ‘दसैँ तिहारमा करोडौँको व्यापार सीमा पारी भारतको तिकुनिया बजारतिर हुन्थ्यो । तर, अहिले त्यो पैसा नेपाली बजारमै रोकियो’ टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले भन्नुभयो ।
संघका अध्यक्ष भण्डारीले भन्नुभयो ‘२०७२ सालको टीकापुरको घट्नापछि र टीकापुर खक्रौला भन्सारको मोहना नदीमा पुल बनेपछि सर्वसाधारणलाई आवत जावत सहज भएकोले टीकापुरको व्यापार अत्यन्त खस्केको अवस्थामा पुगेको थियो, अहिले सीमा बन्द भएपछि पुनः टीकापुरको व्यापार व्यावसाय फस्टाएको छ ।’
उहाँले सिमा खुलेपश्चात पुनः टीकापुरको व्यापार खस्किन नदिनका लागि व्यापारीहरुले व्यापारको नाममा उपभोक्ताहरुलाई महंगीको मारमा नपर्ने गरी सामान उचित मूलयमा विक्री वितरण गर्नुपर्ने बताउँदै सबै व्यापारी, व्यावसायीहरुले मूल्य सूची देखिनेगरि फ्रन्टलाइनमा राख्न लागाउने, बजार अनुगमन गर्नुको साथै माईकिङ गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
यस्तै बन्दले गर्दा राज्यलाई चाहिने आवश्यक पर्ने सामान को कमी भइरहेकोमा नाका बन्द गरेर समस्याको समाधान नहुने बताउँदै सरकारले यसको व्यवस्थापन गुर्नपर्ने बताउनु भयो ।
यसैगरी टीकापुरस्थित धिरेन्द्र ट्रेडर्सका प्रोपराईटर भरत बहादुर विष्टले सीमा बन्दले टीकापुरमा विगतको तुलनामा हेर्दा टीकापुरको व्यापार फस्टाएको बताउनुभयो ।
विगतमा सिमा खुला हुँदा यस क्षेत्रका उपभोक्ताहरु एक÷दुई किलो चिनी, दाल ल्याउनका लागि भएपनि भारतको तिकुनिया बजार जाने गरेका थिए तर अहिले स्थानिय बजारमै किनमेल गर्ने गरेकोले स्थानिय बजार फस्टाएको छ विष्टले भन्नु भयो ।
उहाँले विना भन्सार लुकिछिपी तिकुनियाबाट आउने
सामान रोकिएको छ । नेपालगञ्ज, काठमाण्डौं लगायत अन्य बाह्य जिल्लाबाट आउने सामान राजस्व तिरेर सामान ल्याइ रहेको बताउँदै यसले देशको अर्थतन्त्र बलियो हुने बताउनुभयो ।
यस्तै उहाँले हाल भारतीय बजार बाट लुकिछिपी ल्याई सूर्तीजन्य पदार्थको कालोबजारी गर्दा उपभोक्ता र व्यापारीहरुलाई मर्का परेकोले यस्ता कार्यलाई सम्बन्धित निकायले रोक्नुपर्ने बताउभुनयो ।
यस्तै टीकापुरका कपडा व्यापारी भुपेन्द्र ट्रेडर्सका प्रोपराईटर टर्क बहादुर बुढाले विगतको तुलनामा टीकापुरमा कपडाको व्यापार पनि राम्रो भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘बन्दमा महंगो ल्याएको सामान भोलि यदि नाका खुल्यो भने सामानको मूल्य सस्तीयो भने हामीलाई मर्का पर्नेछ । उहाँले विगतको टीकापुरको बजार सुस्ताएको स्मरण गर्दै यसको व्यवस्थापन गर्न उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने बताउनुभयो ।
अर्का टीकापुरका व्यापारी सुतारी मोबाई सेन्टरका लोकेश सुतारीले नाकाबन्दले ईलेक्ट्रोनिक सामानको उच्च माग भएको र व्यापार राम्रो भएको बताउनुभयो । उहाँले ग्राहकको मागबमोजि पु¥याउन धौ धौ भइरहेको बताउनुभयो ।
यस्तै टीकापुरस्थित महालक्ष्मी विजनेश ग्रुपका संचालक प्रकाश तिमिल्सेनाले सिमा बन्दले स्थानिय कृषक हरुको उत्पादनले राम्रो बजार उचित मूल्य पाएको बताउनु भयो । स्थानिय कृषकले उत्पादन गरेको तरकारीको माग बढेको छ, साथै यसको लामो समय सम्म राख्नका लागि सित भण्डारको आवश्यकता रहेको बताउनुभयो । उहाँले महालक्ष्मी गार्मेन्टबाट उत्पादित घरायसी तथा स्कुल कलेज लगायत अन्य ड्रेसहरुको उच्च माग बढेको बताउनुभयो ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

7 comments on “काेराेनाका कारण सिमानाका बन्द भयपछि नेपाली बजारमा चहलपहल बढ्याे

Leave a Reply

Your email address will not be published. Required fields are marked *