शान्ति समाजद्वारा पुस्तकाललाई पुस्तक हस्तान्तरण


टिकापुर  २२ मँसिर

मानव अधिकार तथा शान्ति समाज केन्द्रिय समितिका लागि समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीद्वारा सहयोग गर्नु भएको विभिन्न बिधाका चार सय थान पुस्तकहरु आज टिकापुर सामुदायिक पुस्तकालयलाई एक बिशेष समारोह बिच हस्तान्तरण गरियो।
पुस्तकालयका अध्यक्ष लोकबहादुर खड्काको सभापतित्वमा भएको सो पुस्तक हस्तान्तरण कार्यक्रमको प्रमुख अथिति सुदुर पश्चिम बिश्वबिधालयका प्रा. डा. जगतबहादुर सिह रावल रहनु भएको थियो।
कार्यक्रममा नेपाली काँङ्रेस क्षेत्र नम्बर १कैलालीका सभापति भुवनेश्वर आधिकारि, नेकपा टीकापुर नगर कमिटी सचिवालय सदस्य रंङ्ग अधिकारी , मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचीव टेकबहादुर सार्की ,शिक्षाविद नरराज गिरी,पुस्तकालयका सल्लाहाकार भक्तिराम कोईरालाले मन्त्तव्य राख्नु भएको थियो।
समारोहमा समाजका केन्द्रीय सचीव टेकबहादुर सार्कीले समाजको तर्फबाट पुस्तकालयलाई पुस्तकहरू हस्तान्तरण गर्नु भएको थियो ।
वक्ताहरुले पुस्तक उपलब्ध गराउन संयोजन गर्ने टिकापुरका समाजसेवी हिक्मत थापा तथा पुस्तक सहयोग प्रदान गर्ने संस्था मानव अधिकार तथा शान्ति समाज र समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीको प्रंशशा गरेका थिए।पुस्तकालयका उपाध्यक्ष ताराप्रासद जोशीले स्वागत गरेको कार्यक्रमको संचालन सदस्य देबेन्द्र शाहले गरेका थिए।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *