कानुनमा कसैलाई पनि विभेद् हुन्न : मुख्यमन्त्री भट्ट


कैलाली, २५ भदौ
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद् नहुने बताउनुभएको छ । नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्रीलाई भेटी आफ्ना मागपत्र प्रस्तुत गरेको थियो । सो क्रममा मुख्यमन्त्री राईले रानाथारु समुदायका हकअधिकार सुनिश्चत हुनेगरी नै कानुन बनाइने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले समावेशी समानुपातिक सबै समुदायको सहभागीता पक्षधर नै सुदूरपश्चिम प्रदेश सरकार भएकाले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद् नहुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । प्रदेश सरकारले गठन गरेका कुनै पनि आयोग तथा समितिमा रानाथारु समुदाय नछुटेको स्मरण गराउँदै उहाँले संविधान प्रदत्त हकअधिकार कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मागपत्रमा प्रदेशका कानुनमा रानाथारु समुदायका हकअधिकार सुनिश्चत हुनेगरी निर्माण गर्नुपर्ने, संवैधानिक आयोगमा समावेशीता, थारुभाषालाई सरकारी कामकाजको भाषामा कार्यान्वयन गर्नुपर्ने, रानाथारु समुदायको समग्र विकासका लगि थारु विकास आयोग गठन गर्नुपर्नेलगायत माग उल्लेख गरिएको छ ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

2 comments on “कानुनमा कसैलाई पनि विभेद् हुन्न : मुख्यमन्त्री भट्ट

I think that is one of the such a lot important information for me.
And i’m glad reading your article. However should commentary on some
normal issues, The site style is perfect, the articles is in point of fact great :
D. Good task, cheers.

Have a look at my website – algarhard.pt

I’m writing on this topic these days, casinosite, but I have stopped writing because there is no reference material. Then I accidentally found your article. I can refer to a variety of materials, so I think the work I was preparing will work! Thank you for your efforts.

Leave a Reply

Your email address will not be published. Required fields are marked *