बालबालिकामा भाइरल र निमोनिया संक्रमण, टीकापुर अस्पतालमा बेड अभाव


टीकापुर ७ अशोज
टीकापुर क्षेत्रमा बाल बालिकाहरुमा भाइरल र निमोनियाको संक्रमण अत्याधिक देखिएको छ । बालबालिकामा यस्तो संक्रमण बढेपछि टीकापुर अस्पतालमा बेडको अभाव भएको छ ।
भाइरल र निमोनियाबाट संक्रमित भई दैनिक सयौं बालबालिकाहरु अस्पताल र स्थानिय क्लिनिकमा आउने गरेका छन ।
रुघा खोकी, ज्वरो र निमोनियाबाट पिडित बालबालिकाहरु उपचार लागि टीकापुर अस्पतालमा दैनिकरुपमा ७० जति आउने गरेको सो अस्पतालका बालरोग विशषज्ञ डा.अमरनाथ ठाकुरले बताउनु भयो ।
यस्तै टीकापुर स्थित क्लिनिकमा पनि दैनिक ७० भन्दा बढी बालबालिकाहरु उपचारका लागि आउने गरेका छन । ‘ दैनिकरुपमा उपचारका लागि अस्पताल आउने बालबालिकाहरुको संख्या धेरै छ, हामीलाई हम्मे हम्मे परेको अवस्था छ’ डा. ठाकुरले भन्नु भयो ।
बालबालिकाहरुमा संक्रमण बढेपछि टीकापुर अस्पतालमा बेड अभाव देखिएको छ । टीकापुरमा रहेका ३ बेड आई.सि.यु. पनि प्याक भएको र वार्डहरु पनि प्याक भएकाले भर्ना गर्नु पर्ने विरामीलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या आएको डा. ठाकुर बताउनु हुन्छ ।
टीकापुर अस्पतालका अध्यक्ष दिपक रावल अस्पतालले सेवा बढाएपनि उपचार गर्न आउने बिरामी बढेको र बेड अभाव पर्न सक्ने अवस्थालाई हेरेर ३० वेड थप्न लागेको बताउनुहुन्छ । ‘ अब बढीमा १०÷१५ दिनमा हामी बेड थप्ने काम सम्पन्न गछौं ’ रावलले भन्नु भयो ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *