सात किलोमा बस दुर्घटना ३३ घाइते तीन गम्भीर, गोरखामा १४ घाइते


सिन्धुपाल्चोक, २६ असोज
काठमाडौँबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ । आज भएको दुर्घटनामा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन्, तीनको अवस्था गम्भीर रहेको छ । काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा४ख १८०२ नम्बरको बस दुर्घटनामा परेको हो ।

बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको बताइएको छ । बस बाटोबाट १० मिटर तल खसेको छ । स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिनुभयो ।

गोरखा–बेनिघाट आरुघाट सडकखण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडार भिरमा बलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बेनिघाटबाट धादिङको माझीटारतर्फ जाँदै गरेको बा२०च ४४०० नम्बरको बलेरो जिप आज अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएकाको उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा पठाइएको छ । अन्य घाइेतको भने मलेखु सामुदायिक अस्पताल धादिङमा उपचार भइरहेको प्रनाउ दाहालले जानकारी दिनुभयो ।

जिप चालकको अवस्था सामान्य रहेको र उनको अहिले प्रहरीको निगरानीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

One comment on “सात किलोमा बस दुर्घटना ३३ घाइते तीन गम्भीर, गोरखामा १४ घाइते

This article opened my eyes, I can feel your mood, your thoughts, it seems very wonderful. I hope to see more articles like this. thanks for sharing.

Leave a Reply

Your email address will not be published. Required fields are marked *