व्यावसायिक पशुपालनमा अग्रणी माछापुछ्रे गाउँपालिका’


कृष्ण दवाडी
कास्की, ३० असोज ,कास्कीको माछापुछ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ ।
विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापाल्न सुरु गरेपछि व्यावसायिकता विकास भएको हो ।
गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् ।
सङ्घ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोगलगायतका कार्यक्रम ल्याएपछि कृषकहरु उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन् ।
गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ । सङ्घ सरकारले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ ।
यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
यसैगरी प्रदेश सरकारबाट ‘मोडल फार्म’, डेरी सुधार लगायतका कार्यक्रमबाट कृषकलाई दुई÷तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएपछि कृषकमा उत्साह बढेको पाइन्छ ।
नौ वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध बिक्रीका लागि पोखरा बजारमा आउने गरेको तथ्याङ्क गाउँपालिकासँग छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध बिक्री गरेपनि ठूला कृषकहरुले आफैँ बजार खोज्ने गरेका छन् ।
गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख आठ हजार ५०० लिटर बजारमा बिक्री भएको बताइन्छ ।
पशु शाखा प्रमुख पौडेलले भन्नुभयो,“हाम्रो गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । गाउँपालिकाको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध बिक्री गर्ने कृषकहरु बढी छन्”
नौ वटा वडा रहेको गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ ।
लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ । वडा नं ३ को घाचोकबाट दैनिक तीन हजार ५०० लिटर र धितालबाट दैनिक एक हजार लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ । रिभान, माछापुच्छ्रे« र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्याङ्क छ ।
त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रु सात लाख ३५ हजार तथा मासिक रु दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको जनाइएको छ ।
सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेपनि कृषकले उचित मुल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताउनुहुन्छ ।
उहाँले भन्नुभयो,“गाई भैँसी पाल्न हामीले सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन् । वर्षेनी मुल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो ।”
लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म सुरु गरेपछि गाउँपालिकामा व्यावसायिक पशुपालनमा सुरु भएको थियो ।
गुरुङको फार्ममा अहिले ३०० भैँसी छन् । विसं २०७३ मा उहाँ राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत हुनुभएको थियो ।
व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुतर्फ रु एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावर टेलर, च्याप कटर, बोका र निःशुल्क घाँसका बिउ तथा सिड विन वितरण, वडा नं २ र ९ मा स्थानीय भैँसी संरक्षण कार्यक्रम, एक वटा गाई÷भैँसी पकेट क्षेत्रलगायतका कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको छ ।
उहाँले भन्नुभयो,“हाम्रो गाउँपालिका पशुपालनमा समृद्ध बन्दै जिल्लामै दूध उत्पादनमा अग्रणी छ । हाम्रो तर्फबाट समेत कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोगको नीति लिएका छौँ ।” (रासस)

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

46 comments on “व्यावसायिक पशुपालनमा अग्रणी माछापुछ्रे गाउँपालिका’

My programmer is trying to convince me to move to .net from PHP.
I have always disliked the idea because of the costs. But he’s tryiong none the less.
I’ve been using WordPress on a number of websites for about a year and am anxious about switching to another
platform. I have heard very good things about blogengine.net.
Is there a way I can import all my wordpress posts into it?

Any help would be really appreciated!

It’s an amazing piece of writing in favor of all the online
users; they will get advantage from it I am sure.

I like the helpful info you supply to your articles.
I will bookmark your weblog and take a look at once more here regularly.

I am slightly certain I will be informed many new stuff right
right here! Good luck for the following!

It’s difficult to find well-informed people on this subject, but you seem like you know what
you’re talking about! Thanks

hello!,I really like your writing so much!
proportion we communicate extra about your post on AOL?
I need an expert on this area to resolve my problem.
May be that is you! Having a look ahead to look you.

If you are going for best contents like me, just pay
a quick visit this site everyday for the reason that it provides feature contents, thanks

always i used to read smaller posts that also clear their motive, and that is also happening with this article which I am reading
at this place.

Hi to every body, it’s my first pay a visit
of this weblog; this website consists of awesome and
actually fine information designed for readers.

I was pretty pleased to discover this website. I wanted to thank
you for your time due to this wonderful read!! I definitely
really liked every little bit of it and i also have you book-marked to
see new information on your website.

We stumbled over here coming from a different page and thought I might check things out.
I like what I see so now i’m following you. Look forward
to exploring your web page repeatedly.

Fantastic post however I was wondering if you
could write a litte more on this subject? I’d be very thankful
if you could elaborate a little bit further. Thanks!

pharmacy technician training programs online online pharmacy courses

bookmarked!!, I love your website!

We stumbled over here different web address and thought I should check things out.

I like what I see so now i am following you.
Look forward to exploring your web page yet again.

Great website. A lot of helpful info here. I’m sending it to a few
pals ans additionally sharing in delicious. And naturally, thank you on your effort!

My web blog tracfone 2022

the best free gay hookup and dating sites https://gayfade.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *