काठमाडौँ, ३१ असोज
गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका बरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । परकम्पको धक्काको महशुस भई स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो ।
One comment on “गोरखामा ४.३ रेक्टरको भूकम्प”
20bet
September 28, 2023 at 10:46 pmApoiar ferramentas de apostas e estar equipado com uma plataforma diversificada de transações financeiras, a 20Bet oferece suporte tangível aos jogadores. Este é um lugar onde eles podem apostar com dinheiro real, respaldados por concorrentes de diversas disciplinas esportivas. 20bet