एमाले सुदूरपश्चिम प्रदेश कमिटिमा दुई उपसचिवसहित प्रदेश सदस्य मनोनित


धनगढी २३ कार्तिक
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिको बैठक धनगढीमा सम्पन्न भएको छ ।
बैठकले प्रदेश कमिटिमा रिक्त दुई उपसचिव पदमा बलदेव रेग्मी र भागिरथी विष्टलाई मनोनित गरेको छ ।
१८३ सदस्यीय प्रदेश कमिटिमा रिक्त सदस्य पदमा पनि मनोनित गरेको छ । मनोनीत हुनेमा भजनी नगरपालिकाका उपप्रमुख छाँया देवकोटा, टीकापुर नगरपालिकाका पूर्व उपप्रमुख लालबहादुर चौधरी, साविक पथरैया गाविसका अध्यक्ष टेकबहादुर बम, मातृका तिमिल्सेना, कमला शाही लगायत रहनु भएको छ ।
बैठकपछि अध्यक्ष कर्णबहादुर थापाले मंगलबार साँझ धनगढीमा पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ । प्रदेश अध्यक्ष थापाले पार्टी उपाध्यक्ष भीम रावललाई बैठकमा बोलाउदा नआउनुभएको तर सामाजिक सञ्जालमा पार्टी विरुद्धका गतिविधि पोष्ट गरेर विवाद निम्त्याउन खोजेको आरोप लगाउदै अब पार्टी विवादरहित अवस्थामा अघि बढ्ने बताउनुभयो ।
एमाले उपाध्यक्ष रावलले मंगलबार विहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाउनु भएको थियो । रावलले धनगढीमा बसेको बैठक प्रदेश स्तरिय नभई गुटको भेला भएको आरोप लगाउनु भएको थियो । तर आजै पार्टीको साँफेबगर नगरपालिका अधिवेशन उद्घाटन पुग्नु भएका रावलले आफू दशौ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।
प्रदेश कमिटि बैठकमा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनी राना लगायत उपस्थित हुनुहुन्थ्यो ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *