टीकापुर, ०६ माघ
सुदूरपश्चिम प्रदेशमै पहिलो पटक कैलालीको टीकापुरमा जियोकृषि ई–चौतारीको स्थापना भएको छ ।
दिगो बिकास समाज भजनीको आयोजना, लुथरन विश्व फेडेरेशनको आर्थिक सहयोग र पाथ वे टेक्नोलोजी सर्भिसेज प्रा. लि. काठमाण्डौ को प्राबिधिक सहयोगमा टीकापुर नगरपालिका वडा नं ७ र ८ स्थित दुई सहकारीमा जियोकृषि जियोकृषि (न्भय पचष्कजष्) ई–चौतारीको स्थापना गरिएको हो ।
वडा नं ७ को प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था र वडा नं ८ को धनसिंपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा विहीबार कार्यक्रम गरि लागू गरिएको छ । टीकापुर नगरपालिका वडा नं ८ मा भएको जियो कृषि ई–चौतारी कार्यक्रममा वडा नं ८ वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले डिजिटल युगसँग सँगै कोरोनाको महामारीका बेला कृषि तथा पशुपालक कृषकका लागि जियो कृषि डिजिटल प्रबिधि अत्यन्त महत्वपुर्ण भएको बताउनु भयो ।
उहाँले कोभिडको समयमा भिडभाड गर्न नपाईने अबस्था मा यो प्रबिधि मार्फत कृषकले सजिलै परामर्श लिन सक्ने बताउनुभयो ।
अध्यक्ष ठकुल्लाले जिओ कृषि एप बाट अब किसानले प्रविधिको प्रयोग गर्दै कृषि व्यवसायलाई थप व्यवस्थित र उत्पादनमूलक बनाउन सक्ने बताउनुभयो ।
कार्यक्रममा धनसिंपुर एकता समाज सहकारीका अध्यक्ष बिक्रम थारू र अन्य पदाधिकारीहरु, दिगो समाज भजनीका जिविकोपार्जन सहजकर्ता छेदुलाल चौधरी र दिगो बिकास समाजका सह सचिब धनिराम राजी, जियो कृषि काठमाडौका कार्यक्रम अधिकृत वविन थापा र अगुवा कृषकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्देश्य तथा महत्वबारे छेदुलाल चौधरी र बबिन थापाले सहजिकरण गर्नु भएको थियो ।
यस्तै टीकापुर नगरपालिका वडा नं ७ मा पनि विहीबार एक कार्यक्रमका बीच ई–चौतारी सेवा लागु गरीको छ ।
कार्यक्रममा दिगो बिकास भजनिका अध्यक्ष राम बहादुर सुनारले किसानलाई सहज र सुलभ होस् भन्ने उद्देश्यले एपलाई ‘अफलाइन’ मै चल्न सक्ने व्यवस्था गरिएको छ । सूचनामा किसानको पहुँच आवश्यक रहेको कुरालाई मध्यजनर गर्दै आफूहरुले ‘जिओकृषि’को अवधारणा ल्याएको बताउनुभयो ।
उहाँँले यो सेवा सुदूरपश्चिममै पहिलो पटक लागु गरिएको बताउँदै अब कृषिमा समेत प्रविधिको प्रयोगले त्यसमा थप मद्दत पुगेको बताउनुभयो । ।
यसैगरी अधिकृत थापाले किसानले आफूले कुन समयमा कुन बाली लगाउने, बाली लगाउने क्रममा कुनै समस्या आए त्यसको समाधान गर्न रोग किरा देखापरेमा त्यसलाई नियन्त्रण गर्ने उपाय समेत मोबाइल एप मार्फत नै किसानले जानकारी पाउन सक्ने बताउनुभयो ।
उहाँले किसानको समस्या समाधानका लागि मोबाइल एपमै विज्ञबाट सेवा उपलव्ध गराइने बताउनुभयो ।
उहाँका अनुसार किसानले कहाँ, कसरी, के, कुन समयमा रोप्ने र कसरी बिक्री गर्ने भन्नेबारे सबै जानकारी समेत एपमार्फत नै पाउनेछन् ।
डिजिटल कृषि तथा पशु परामर्श सेवासंग जोडि घरबाटैे डिजिटल प्रबिधि मार्फत आ–आफ्नो कृषि तथा पशुसंग जोडिएका समस्या आफै मोबाईल एपबाट हल गर्न सक्षम बनाउने उद्देश्य रहृको बताउनुभयो ।
स्मार्ट फोन र ईन्टरनेट संग नजोडिएका कृषकले सहकारी मार्फत सेवा लिन सकिने व्यवस्था मिलाइएको अधिकृत थापाले बताउनुभयो ।
जियो कृषि मोबाईलबाट मलखाद क्याल्कुलेटर,मौषमको जानकारी ,बजार मूल्य ,असल कृषि
अभ्यासहरू ,पशुपालन सम्बन्धि जानकारी, पशु आहार क्याल्कुलेटर, खोर निर्माण क्याकुलेटर, पशु तथा कृषि बिज्ञसंग सिधै कुराकानी, एग्रोभेट र स्थानिय कृषि तथा प्राविधिक निकायसंग सम्पर्क बिबरण र समयसापेक्ष सुचनाहरू मोबाईल एप्लिकेशन बाट जानकारी लिन सकिने छ । साक्षर नभएका कृषकले सुनेर हेरेर पनि यो सुविधा प्राप्त गर्न सक्ने छन् भने अफलाइन वा अनलाईनमा पनि मोबाईलमा हेर्न सकिने छ ।