यातायात कार्यालयले जरिवानाका नाममा हजारौं तिराउन थालेपछि उपभोक्ता आक्रोसित , निर्णयलाई व्यवहारिक बनाउन पहल गर्छुँ ः मन्त्री सोडारी


धनगढी १७ पौष
यातायात कार्यालयले स्वरुमबाट उपभोक्ताले खरिद गरेका मोटरसाईकिलहरु ३० दिन भित्र सम्बन्धित व्यक्तिका नाममा नाम सारी नभए जरीबाना गर्ने निति लागु गरेपछि मोटरसाईकिल प्रयोग कर्ताहरु मर्कामा परेका छन ।
गत भाद्रदेखि लागु गरिएको सो प्राब्धान अनुसार ३० दिन भित्र नामसारी नगरे २ हजार देखि १० हजार सम्म जरिवाना गर्ने उल्लेख छ ।
कैलालीमा मोटरसाइकिल किनेर नविकरण गर्ने तर स्वरुमको नामबाट नामसारी नलिने सवारी धनीहरु उल्लेख्य छन ।
अधिकाँश मोटरसाईकिल प्रयोग कर्ताहरुले पैसा सबै भुक्तानी गरेपनि स्वरुमहरुले भनेको बेला नामसारी नगरिदिएका कारण सवारी साधन स्वरुमकै नाममा राखेर प्रयोग गर्दै आएका छन ।
यातायात कार्यालय धनगढीका प्रमुख नरेन्द्र शाहले सुदुरपश्चिम प्रदेश सरकारले ल्याएको कानुनमा सो प्राब्धान भएका कारण यसरी जरिबाना गर्नु परेको बताउनु भयो ।
हाल स्वरुमकै नाममा सावारी साधन भएका प्रयोग कर्ताहरु कैलालीमा मात्रै दशौं हजार रहेको बताइन्छ ।
यसरी जनतालाई एउटा अवसर समेत नदिएर जरिवाना गर्ने निति लागु भएपछि उपभोक्ताहरु आक्रोसित भएका हुन ।
सो सम्बन्धमा सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारीको ध्यानाकर्षण गराउदा उनले आफुले जनतालाई मर्का नपर्ने गरी आवश्यक काम गर्न यातायात कार्यालयलाई निर्देशन दिने बताए ।
’जनतालाई मर्का परेको भए के गरेर सहज बनाउन सकिन्छ मैले प्रयास गर्छुँ ‘मन्त्री सोडारीले भने ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

3 comments on “यातायात कार्यालयले जरिवानाका नाममा हजारौं तिराउन थालेपछि उपभोक्ता आक्रोसित , निर्णयलाई व्यवहारिक बनाउन पहल गर्छुँ ः मन्त्री सोडारी

It’s really great. Thank you for providing a quality article. There is something you might be interested in. Do you know casinocommunity ? If you have more questions, please come to my site and check it out!
s

casinosite

I’ve been troubled for several days with this topic. casinosite, But by chance looking at your post solved my problem! I will leave my blog, so when would you like to visit it?

Thanks for helping out, great info .

Leave a Reply

Your email address will not be published. Required fields are marked *