
टीकापुर, १ चैत्र
कैलालीको टीकापुर–७ सत्ति मा हुने महायज्ञको तयारी तिब्र पारिएको छ ।
सत्ति स्थित ऐतिहासिक मन्दिर पद्म प्रकाशेश्वर महादेव मन्दिरको लागि जमिन किन्न हुन लागेको महायज्ञको तयारी तिब्र पारिएको पदम प्रकाशेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष बिदुरलाल कायस्थले बताउनु भएको छ ।
‘परिश्रमले कमाएर दिएको तपाईको सहयोग गर्छौं हामी सही सदुपयोग’ भन्ने मुल नाराका साथ हुन लागेको श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान–२०७९ यही चैत्र ८ गतेदेखि १५ गते सम्म हुने अध्यक्ष कायस्थले जानकारी दिनुभएको छ ।
बुधबार टीकापुरमा पत्रकार सम्मेलन गर्दै उहाँले महायज्ञको तयारी हालसम्म ५० प्रतिशत सम्पन्न भइसकेको बताउनु भयो ।
बि.स. १९६७ मा रणोदिपसिंको महारानीले महोत्सव गराएकोमा १११ बर्ष पछि गाठ अवसर पारेर सत्संगको आयोजना गर्न लागिएको जनाइएको छ ।
त्यतिबेला मन्दिरको नाममा सात सय बिगाहा जग्गा रहेको मन्दिरमा सुनको गजुर भएको सुनको अक्षर भएको शिलालेख भएको र आफ्नै धर्मशाला रहेको किवदन्ति छ । तर पदम प्रकाशेस्वर मन्दिरको नाममा रहेको उक्त सात सय विगाहा जमिन पछि क्रमिक रुपमा अतिक्रमित भएको बताइन्छ । हाल मन्दिरको ढाई कट्ठा जमिन मात्र रहेको छ ।
हाल मन्दिर रहेको ढाई कट्ठा जग्गा अपुग भएकोले मन्दिर परिसरसँगै जोडिएको थप पाँच कट्ठा जमिन किन्नकै लागि महायज्ञको आयोजना गर्न लागिएको अध्यक्ष कायस्थ ले जानकारी दिनुभएको छ ।
उहाँले हालै प्रति कट्ठा पच्चिस लाखका दरले तीन कट्ठा सत्र धुर जग्गाको पाँच लाख रूपैयाँ बयानाबट्टा गरिसकेको समेत जानकारी दिनुभयो ।
महायज्ञमा भागवत सत्संगका संरक्षक श्री ऋषि राज आचार्य, १०८ श्रीमद भागवत सत्संकल्प अभियानकर्ता मुमुक्षु उद्धव शर्मा र आचार्य सुश्री अनुराधा देवीजीले प्रवन दिने कार्यक्रम रहेको छ ।
कोहोलपुर निवासी गुरु ऋषिराज आचार्यको पहलमा जग्गा खरिदको काम अगाडि बढेको हो । आफुलाई सेतो मन्दिरमा बस्ने भगवानले जाउर केही काम गर भनेर भनेकोमा पछि पदम प्रकाशेश्वर मन्दिर हो भनि पत्ता लगाई त्यस ठाउँमा आएको श्री आचार्यले बताउँछन् ।
उहाँले स्थानिय ब्यक्तिको कम सक्रियता भएकाले यस्तो प्राचिन पबित्र पुण्यभुमि प्रचार प्रसारमा पछि परेको बताउनु भयो ।
सम्मेलनमा मन्दिर संरक्षण समितिका सदस्य रम्भादेबि कडायतले २५ हजार ५ सय ५५ रुपैयाँ नगद रकम जग्गा खरिदका लागि प्रदान गर्नु भएको थियो ।
मन्दिरको पुजा ब्यबस्थापन का लागि मोहन बहादुर शाहले गत साउन महिनामा अक्षयकोष खडा गर्न पाँच लाख रूपैयाँ समेत प्रदान गर्नु भएको थियो ।
महायज्ञको आयोजक पदम प्रकाशेश्वर महादेव मन्दिर संरक्षण समिति रहेको छ । भने महायज्ञका लागि करिब २१ लाख को लागत लाग्ने जानकारी गराइएको छ ।
One comment on “सत्तिमा हुने महायज्ञकाे तयारी तिब्र”
Earn Passive Income from Home with Pharma Affiliate Programs
April 2, 2023 at 6:29 pmHi there, I enjoy reading all of your post. I wanted to
write a little comment to support you.