
टीकापुर २ चैत्र, नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर कैलाली, नेपाल विद्यार्थी संघ सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय कार्यसमितिको संयुक्त आयोजनामा तथा नेपाल युथ रेडक्रस टीकापुर उपशाखाको प्राविधिक सहयोगमा अाज रक्तदान सम्पन्न भयकाे छ ।
उक्त कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन्। कार्यक्रमको सम्पूर्ण खर्च आफ्नो जन्मदिनका अवसरमा तरुण दलका नेता निराजन विक्रम शाहले बेहोर्नु भएको नेबिसंघले जनाएकाे छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामबहादुर भण्डारी, विशिष्ठ अतिथि टीकापुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्का लगायत रहनुभयकाे थियाे ।