
मातृका तिमिल्सैना
२०६५ तिरको कुरा हो सायद, हास्य कलाकार मनोज गजुरेलले प्रचण्डको अभिनय गरेर एक अन्तरवार्ता सार्वजनिक गरेका थिए । अन्तरवार्तामा अबको १० वर्ष पछिको नेपालका बारेमा परिकल्पना गरेर प्रधानमन्त्री प्रचण्डसँग लिएको अन्तरवार्ता आश लाग्दो थियो । अन्तरवार्तामा ‘भौतिक मन्त्री विजय गच्छेदारबिरुद्ध आज बाटोमा उभिएर केही मान्छेले किन नारा लगाए ?’ भनेर सोध्दा उनीहरु आफुले कमायको पैसा राज्यलाई दिन चाहान्छन तर अहिले हाम्रो राज्यले कुनै पनि नागरिकबाट अनाधिकृत १ पैसा पनि नलिने निति लिएको छ भनेर प्रधमनमन्त्रीको उत्तर थियो । अन्तरवार्तामा नेपाल सरकारले विदेशीहरुलाई भिसामा किन कडाई गरेको भनेर प्रश्न गर्दा ‘ कर्णालीका स्याउबारीमा विदेशीहरु लुकेर काम गर्न थाले । त्यसैले कडाई गर्न बाध्य भयौं भनिएको थियो ।
२०६३ मा राजनैतिक परिवर्तन भएर शान्ति प्रकृया शुरु भएपछि नागरिकहरु साँच्चिकै आशावादी थिए । आज मनोज गजुरेलको हास्य सृंखलामा अभिनय गरिएका पात्र प्रचण्ड प्रधानमन्त्री छन । इतिहासमा नागरिकहरु सबै भन्दा बढी निरास अहिले देखिन्छन । नागरिक निरास हुनको कारण के हो हाम्रो सरकार खोज्दैन, सरकार बोल्नेहरुको मुख थुन्न खोज्छ । अघिल्लो महिना मात्रै ६५ हजार भन्दा बढी नागरिक कामको खोजिमा विदेश गए । त्यो पनि भारत बाहेक । भारत सम्मको लागत राख्ने हो भने मासिक २ लाख मान्छे कामको खोजिमा विदेश जाँदैछन । ३ करोड जनसंख्या भएको सानो हाम्रो मुलुकमा अहिले केही राजनैतिककर्मी, पेशाकमी बाल बालिका र बृद्धहरु मात्रै गाउमा भेटिन्छन । भोलीको दिन अझ भयाबह हुने अवस्था छ । अधिकाँश युवाहरु मुलुक प्रति आशावादी छैनन, बरु चरम निरासाको अवस्था छ ।
एक दिन टेलिभिजनाको पर्दामा ‘जय स्वाभिमान’ कार्यक्रम सञ्चालन गरेर चर्चाको सिखरमा रहेका पे्रम बाँनिया यो मुलुकमा किन टिक्न सकेनन ? के देश प्रतिको माया नभएर हो ? हाम्रो सरकार यो विषयमा सोच्दैन । यो देशमा बसेर केही गछुँ भनेर कसम खाने लाखौं प्रेम बाँनियाहरु आज अवसर पाए मुलुक छोड्ने सुरसारमा छन । गुप्तचरहरुको यत्रो सञ्जाल भएको सरकारसँग के यो सूचना छैन ? ।
राज्य नागरिकको अभिभावक हो , तर बिडम्बना आज राज्य नागरिकका लागि अघोषित लुटेरा बनेको छ । यो मुलुकमा केही गछौं भन्नेहरुलाई कानुनी प्रकृयाका ठूलो चक्रव्युह पार गर्नु पर्ने अवस्था छ । यो लामो प्रकृयामा नागरिक अनेकौं पटक राज्यका कर्मचारीबाट लुटिन्छ । अनेकौं पटक थकित हुन्छ । मालपोतमा जग्गा पास गर्न जाँदा लाभकरका नाममा दशौं हजार बैधानिक कर तिर्नु पर्छ , मुटु, मृर्गौला वा क्यान्सरको उपचार गर्नका लागि बाउ बाजेको पैत्रिक सम्पति जमिन बेच्नेहरुबाट पनि लाभ कर लिने यो राज्य के नागरिकको वास्तविक अभिभावक बन्न सकेकोे छ ? जमिनको कारोबार गर्नेहरुसँग लाभ कर लिने कुरा एउटा होला तर समस्यामा परेर आफ्नो जमिन बेच्नेहरुसँगको राज्यको यो रवैया गैरजिम्मेवार छ । अर्को तर्फ काम छिटो गर्ने नाममा कर्मचारीलाई लुकाएर दिनु पर्ने …… । अहिले नागरिकको हविगत यहि हो । नेपालको संविधानले नागरिकलाई सार्वभौम सत्ता सम्पन्न भनेर पुपुल्क्याए पनि अहिलेको यथार्थता यहि हो ।
विदेशबाट फर्किएर आएको एक युवा आफ्नै देशमा काम गछुँ भनेर एक गुन्द्रुक उद्योग दर्ता गर्न जान्छ , उसले उद्योग दर्ता देखि खाद्य अनुज्ञा लिदा सम्म व्यहोनु पर्ने झन्जट र कठिनाईले उसलाई फेरी विदेश नै फर्किन बाध्य बनाउछ । यस्ता छन हाम्रा कानुनी प्रकृयाका झण्जटहरु ।
अदालतमा तारिख लिन जाँदा घुस, कर तिर्न जाँदा घुस, सामान उत्पादनको अनुमति लिन जाँदा घुस, सामान उत्पादन गरिसकेपछि बिक्री गर्दा घुस, सामान बेचेको रकम लिन जाँदा घुस आदी आदी …. । अनि लुटेरा बनेन राज्य ।
मुलुकमा व्यापार घाटाकोे चर्चा बढी सुनिन्छ । यसको कारण राज्यको गलत निति हो । हाम्रो सरकारले राष्ट्रिय उत्पादनलाई कहिल्यै प्राथमिकता दिएन । मुलुकमा सेनेटरी प्याडहरु उत्पादन भएकै छन । तर हाम्रो सरकार ति स्थानिय उत्पादनहरुलाई प्रमोसन होइन विदेशबाट आयात हुने प्याडमा कर छुट दिने गरि बजेट ल्याउछ । नेपाली किसानहरुले उत्पादन गरेको तरकारी र फलफुलका लागि हाम्रै सरकारले सञ्चालन गरेको कालीमाटीको तरकारी बजारमा जान कठिनाई छ । विदेशमा उत्पादन भएको विषादीयुक्त तरकारी नेपाली समिा क्षेत्रमा जाँच गर्न अरु देशकोे अनुमति लिनु पर्ने अवस्था छ ।
10 comments on “जब अभिभावक नै ‘लुटेरा’ बन्न थाल्छ अनि कसको के लाग्छ ?”
promoting natural supplements online
March 26, 2023 at 2:11 pmalternative health product affiliate marketing
affiliate marketing for alternative health bloggers
home-based health affiliate marketing
health blogger affiliate marketing
Maybell
March 26, 2023 at 8:50 pmaffiliate programs for mental health products
digital nomad
Supplements affiliate program sign-up process
work from anywhere jobs
Metformin illegal pharmacy with discrete shipping?
March 26, 2023 at 10:50 pmTrustworthy online pharmacies for diabetes meds? They’re
out there, you just gotta know where to look Diabetes drugs now with the convenience of home delivery
and low prices. The future is now!
Order Saxenda online with delivery I’m looking for a sketchy
website that can hook me up with some Metformin without any pesky prescriptions
making passive income as a doctor
March 27, 2023 at 11:15 amopportunities for students to earn money from home
therapist side hustles for financial stability top healthcare affiliate programs for doctors to earn extra money
best graphic design jobs to work from home in the usa
Buy metformin online and middle-finger to the system
March 27, 2023 at 12:56 pmunregulated drug sales I need diabetes drugs now! No prescription no problem!
Buy Metformin online without prescription Dark web
pharmacies for diabetes medications, which are reliable?
Safe online pharmacy for insulin
March 27, 2023 at 3:29 pmWhere to buy Glyburide online Discounted Januvia
without a prescription to cure diabetes available
online
Cheap Glipizide with no prescription, where to order?
What’s the best way to obtain Metformin without a
pesky prescription getting in the way?
Is there a way to bypass the prescription requirement and get Metformin delivered to my door?
March 28, 2023 at 12:56 amdiabetes medication online no Rx Want to save some cash on diabetes
meds? Check out these online pharmacies with free delivery
Order Prandin without a prescription and free shipping illegal
medication websites
affiliate marketing for pharmacists
March 28, 2023 at 1:18 amPharmEmpire affiliate commission rates
how to earn money from home without any investment
tips for promoting pharmacy products
prescription drug savings
cervical traction device
March 28, 2023 at 9:46 pmHi i am kavin, its my first occasion to commenting anywhere, when i read this article i thought i
could also make comment due to this sensible paragraph.
cervical traction device
March 30, 2023 at 5:43 pmI’m curious to find out what blog system you are
using? I’m having some minor security issues with my latest blog and I’d like to find something more safe.
Do you have any suggestions?