दुर्गाैली ११ चैत
नेकपा एमालेले जानकी गाउपालिकामा गाउँ पालिका सभादल र स्थानिय पालिका संयन्त्र गठन गरेकाे छ ।
साे पार्टीले चलायकाे मिसन ग्रासरुट अभियानका क्रममा आज दुर्गाैलीमा आयाेजित भेलाबाट स्थानिय सरकारमा पार्टीकाे भुमिकालाई सशक्त बनाउन पालिका सभादल गठन गरेकाे छ ।
गाउँ सभादलकाे नेतामा वार्ड नं.८ का वडाध्यक्ष तिर्थराज उपाध्याय रहनु भयकाे छ भने उप नेतामा वार्ड नं.१ का वडाध्यक्ष सुरेश चाैधरी लाई जिम्मेवारी ताेकियकाे छ । यस्तै प्रबक्तामा खकेन्द्र भण्डारी र सचेतकमा कल्पना खड्का रहनुभयकाे छ भने उप सचेतकमाचक्र बिष्ट रहनु भयकाे छ । विष्ट वार्ड नं.२ का वडाध्यक्ष हुनुहुन्छ । भण्डारी वार्ड नं.९ का अध्यक्ष हुन भने कल्पना खड्का वार्डलनं.९ बाट निर्वाचित सदस्य हुन ।
गाउँ सभादलकाे सदस्यमा जानकी गाउँ पालिकामा एमालेबाट निर्वाचित सबै जनप्रतिहरु रहनुभयकाे छ ।
यस्तै साे पार्टीले पार्टीकाे तर्फबाट जनप्रतिनिधिहरुलाई अावश्यक सहयाेग गर्न गाउँ कमिटी अध्यक्ष खकेन्द्र भण्डारीकाे संयाेजकत्वमा पार्टी र स्नानिय जनप्रतिनिधिकाे संयन्त्र समेत गठन गरेकाे छ ।
संयन्त्रकाे सदस्यमा धर्मदत्त चाैलागाई, उत्तम चाैधरी, विजय रावल, भावना विक रहनु भयकाे छ ।
संयन्त्रमा पार्टीका वडाध्यक्षहरु र पार्टीकाे तर्फबाट निर्वाचित सबै वडाध्यक्षहरु सदस्य रहने छन ।
भेलाकाे प्रमुख अतिथिमा केन्द्रीय सदस्यमा कमला बाेहाेरा,अतिथि केन्द्रीय प्रतिनिधि पवित्रा तिमिल्सैना प्रदेश कमिटी सदस्यहरु मातृका तिमिल्सैना, कमला केसि कैलाली जिल्ला सचिवालय सदस्य दल बहादुर बिष्ट लगायतका नेताहरुकाे उपस्थिति थियाे ।