
टीकापुर २ अशोज
इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायक उपरिक्षक विश्वराज अधिकारीले गुण्डागर्दी नियन्त्रणमा प्रहरी सधै निर्मम हुने बताउनुभएको छ ।
५ दिन अघि टीकापुर सरुवा भएर आएका डि.एस.पि.अधिकारीले आज इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकारहरुसँग कुरा गर्दै लागु औषध नियन्त्रणका लागि प्रहरीले केन्द्रिय स्तरबाटै कार्ययोजना बनाएर अगाडी बढेको बताउदै टीकापुरमा समेत प्रहरी लागु औषध नियन्त्रणका लागि सकृयताका साथ लाग्ने बताउनु भयो ।
आफु टीकापुर आई सकेपछि प्रहरीको योजनाबद्ध परिचालन भएको बताउदै डि.एस.पि. अधिाकरीले आपराधिक घटना सम्बन्धि सूचना प्रहरीलाई दिएर सहयोग गर्न समेत सबैलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा सुझाव दिदै खप्तडखबरका सम्पादक मातृका तिमिल्सैनाले अपराध नियन्त्रण र कानुनको प्रभावकारी कार्यान्वयनमा प्रहरीलाई सबैको सहयोग हुने बताउदै पत्रकारहरु कानुनी शासनको पक्षमा रहुको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ सुदुरपश्चिमका अध्यक्ष योगेश रावलले कानुन कार्यान्वयनमा बाधा पुर्याउने जो सुकैलाई पनि कानुनी दायरामा ल्याउन सुझाव दिनु भयो ।
अन्नपुर्ण पोष्टका समाचारदाता परमानन्द पाण्डेले प्राकृतिक स्रोतको अबैध उत्खनन रोक्न आग्रह गर्नु भयो ।
कार्यक्रममा भिम श्रीपार्इ ली,झलनाथ खनाल, इश्वर साउद, लगाएतका पत्रकारहरुले समेत बोल्नु भएको थियो ।
टीकापुर बिगत ३ वर्ष यता सरुवा भएर आएका प्रहरी इन्चार्जहरु विभिन्न कारणले १ वर्ष समेत नटिकेर सरुवा हुने गरेका छन ।
यहाँ सरुुवा भएर आउनु भएका डि.एस.पि. प्रकाश सापकोटा, हेमबहादुर शाही, उद्धवसिंह भाट, तुलसीराम अर्यालको ३ महिना देखी १० महिना भित्र सरुुवा भएको थियो ।
पछिल्लो पटक टीकापुरमा लागु औषधको सेवन तथा कारोबार, गुण्डागर्दी र नदीजन्य प्राकृतिक स्रोतको अबैध उत्खननबाट उत्पन्न समस्याका कारण प्रहरी प्रमुखहरु लामो समय टीक्न नसक्ने समस्या उत्पन्न भएको स्थानियको भनाई छ ।
4 comments on “गुण्डागर्दी नियन्त्रणमा प्रहरी निर्मम हुन्छ : डि.एस.पि. अधिकारी”
Liudehua66
October 16, 2023 at 7:04 amDear immortals, I need some wow gold inspiration to create.
Swcfsashy
October 19, 2023 at 1:34 pmtadalafil and viagra can i smoke after taking tadalafil tadalafil 2 5 mg
Vrcsdurce
October 20, 2023 at 9:02 amwhen to take tadalafil why is my tadalafil not working avanafil vs tadalafil
wow gold
November 10, 2023 at 6:39 amDear immortals, I need some wow gold inspiration to create.