टीकापुर नगर सभा बाट वडा १ नं लाई ४ वडामामा विभाजन ।


शेर बहादुर बिष्ट
चैत ३ गते टीकापुर
टीकापुर नगर सभा बाट वडा १ नं लाई ४ वडामा बिभाजनगर्ने प्रस्ताव सर्ब सम्मत पारित गरेकाे छ । शनिबार नगरपालिकाकाे चाैधाैं नगरसभाबाट उक्त प्रस्ताव पारित गरिएकाे थियाे । तत्कालिन टीकापुर बिकास समितिकाे गुरु याेजनाभित्र रहेकाे १ नं वडा स्थानिय तहकाे संरचनाभन्दा अगाडि वडा नं ९ मा रहेकाेमा स्थानिय तहकमे संरचना हुदा वडा नं १ कायम गरिएकाे थियाे । हाल यसवडामा ४६ हजार ६ सय ९८ जनसंख्या रहेकाे छ भने ११ हजार २ घरघुरी छन ।१ नं वडाकाे क्षेत्रफल २१ बर्ग किलाेमिटर रहेकाे छ । स्थानिय तहमा निर्बाचित जनप्रतिधिले वडा बिभाजन गर्न चाहेमा आफ्नाे कार्यकालकाे दुई बर्षभित्र वडा बिभाजनकाे प्रस्ताव नगरसमा पासगरि संघिय सरकार समक्ष पेस गर्न पाउने कानुनि ब्यबस्था रहेकाे छ । हाल नगरसभाबाट पारित वडा बिभाजन गरिएकाे क्षेत्र अन्तर्गत जमरा पारि, ब्लक नं ४,५,६,७,८,२४,२५ र बनगाँउ र क्षेकरखेला, ब्लक नं ९,१०,११,१२,१३ २२,२३ ,१५ १६ र ब्यबशाय क्षेत्र र ब्लक १,२,३,१४,१७,१८,१९,२० ,२१ जमरावारि शिव नगर र शक्ति नगरका बस्तिहरू गरि चार भागमा बिभाजन गरिएकाे छ ।नगर सभाबाट नगर संशाेधन शिक्षा ऐन २०८०, फाेहाेरमैला ब्यबस्थापन ऐन २०८० ,नगरभित्र प्लास्टिक जन्य पदार्थ प्रतिबन्ध लगाउन बनेकाे ऐन र टीकापुर नगरपालिकाकाे आर्थिक बर्ष २०८०/०८१काे सेवा तथा कार्यहरूकालागि स्थानिय सञ्चित काेषबाट केही रकम खर्च गर्ने र बिनियाेजन गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेकाे बिधेयक २०८० पारित गरिएकाे छ ।यस बिधेयक अनुसार आर्थिक बर्ष २०८०/०८१ काे निमित्त टीकापुर नगरपालिकाकाे वडा समिति बिषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूचिमा उल्लिखित चालु खर्चगत खर्च र बित्तिय ब्यबस्थाकाे रकम समेतगरि जम्मा।रू ९४ कराेड ९४ लाख १४ हजार ५ सय ६० मात्र निर्दिष्ट गरिए बमाेजिम सञ्चित काेषबाट खर्च गर्न सकिने प्राब्धान रहेकाे छ ।नगरपरिषदमा फाेहाेरमैला ब्यबस्थापन ऐन ,शिक्षा संशाेधन ऐन बिधायन समितिका संयाेजक प्रेमलाल चाैधरीले बिनियाेजित बिधेयक रूक्मिणि डगाैरा थारूले र वडा बिभाजन सम्बन्धि प्रस्ताव वडा नं १ का अध्यक्ष माेहन कामी लुहारले पेश गरेका थिए । नगर परिषद टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारूकाे अध्यक्षतामा भएकाे थियाे । समापनकाे अबसरमा नगर प्रमुख डगाैराले कर्मचारी र जन प्रतिनिधि मिलेमामात्र नगरकाे काम अगाडि बढाउन सजिलाेहुने बताउदै सबैले सकारात्मक साेचकासाथ अगाडि बढ्नु पर्ने बताउनु भयाे ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

5 comments on “टीकापुर नगर सभा बाट वडा १ नं लाई ४ वडामामा विभाजन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *