एमाले प्रचार विभागद्वारा प्रकाशित भित्ते पात्राे विमाेचन



धनगढी ३० बैसाख
नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागले प्रकाशन गरेकाे २०८१ काे भत्तेपात्राे आज धनगढीमा विमाेचन गरिएकाे छ ।
स्थानिय जनप्रतिनिधिहरुका लागि पार्टीकाे स्कुल विभाग र स्थानिय निकाय विभागकाे आयाेजनामा भएकाे पर्शिक्षण कार्यक्रमकाे समापन समाराेहमा साे भित्ते पात्राे विमाेचन गरिएकाे हाे ।
कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एमालेका नेता देवेन्द्र दाहाल रहनु भएकाे थियाे ।
समापन समाराेहकाे अध्यक्षता पार्टीका प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसी र सञ्चालन प्रदेश सचिव रणबहादुर चन्दले गर्नु भएकाे थियाे ।
पार्टीकाे प्रचार तथा प्रकाशन विभागले भित्ते पात्राे प्रकाशन गर्ने भनी गरेकाे निर्णय अनुसार क्यालेण्डर प्रकाशन गरिएकाे प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा प्रदेश उप सचिव भगिरथी बिष्टले बताउनु भयाे ।
प्रचार तथा प्रकाशन विभागले विभागद्वारा प्रकाशन गरिने सामाग्रि प्रकाशन गर्न विभागका उप प्रमुख मातृका तिमिल्सैना प्रमुख र सदस्यमा भाेजराज जाेशी, शिवराज भट्ट, खडकसिंह बडाल, दिलबहादुर छत्याल , नवराज भण्डारी र भानुभक्त आचार्य रहेकाे प्रकाशन उप समिति निर्माण गरेकाे थियाे ।

Khaptadkhabar the love