
शेर बहादुर बिष्ट
१५ जेठ टीकापुर
गंगाजमुना सहकारीकाे समितिका पदाधिकारीलाई क्षमता विकास तामिल सम्पन्न भएकाे छ । सहकारीका समितिका पदाधिकारी तथा शेयर सदस्यलाई र सञ्चालक समितिलाई सहकारी सम्बन्धि अबधारणा, सिद्दान्त साथ आफ्नाे काम कर्तब्य र अधिकारबारे उनिहरूलाई जानकारी गराउन र सहकारी प्रति जिम्मेवार बनाउने तालिमकाे उदेश्य रहेकाे थियाे । सहकारीमा लेखा समिति ,ऋण उप- समिति ,सल्लाहकार समिति ,शिक्षा उप – समिति रहेका छन ।सहकारीले तत्काल बार्षिक र दिर्घकालिन गर्ने कामकाे याेजना र कार्यान्वयनबारे प्रशिक्षण गरिएकाे थियाे ।कार्यक्रममा सहकारी मेनेजर्स क्लव कैलालीका निबर्तमान अध्यक्ष जन कल्याण बचत तथा ऋण सहकारी संस्थाकाका प्रबन्धक छबिराज जैसीले प्रशिक्षण गर्नु भएकाे थियाे ।सहकारीले यस्ता कार्यक्रमहरू प्रत्यक बर्ष गर्दै आईरहेकाे छ ,गत बर्ष सहकारीले शेयर सदस्यहरूलाई सहकारी शिक्षा तालिम सञ्चालन गरेकाे थियाे ।मंगलबार भएकाे नेतृत्व क्षमता बिकास तालिममाका प्रमुख अतिथि संस्थाका निबर्तमान लेखा समिति संयाेजक राम प्रसाद भट्टराई रहनु भएकाे थियाे ।कमर्यक्रममा स्वागत राजेन्द्र प्रसाद भट्टराईले गरेका थिए ।कार्यक्रम सञ्चालन सचिब छविराज उपाध्यायले गरेका थिए ।सञ्चालक समितिकाे आयाेजनामा भएकाे तालिम ब्यबस्थापन प्रबन्धक कुशराज भट्टराईले गरेका थिए ।कार्यक्रममा ४० जनाकाे सहभागिता रहेकाे थियाे ।