
टीकापुर ९ असार
आजबाट शुरू भएकाे नगरसभामा सर्बप्रथम नगर प्रमुख राम लाल डगाैरा थारूले आर्थिक बर्ष २०८०/०८१काे बार्षिक नीति तथा कार्यक्रम पेश गर्नु भएकाे थियाे ।सभामा टीकापुर नगरपालिका सदस्य राम बहादुर नगर्जिले आर्थिक बर्ष २०८१/०८२ काे बिनियाेजित आर्थिक बजेट पेश गर्नु भएकाे थियाे । बिनियाेजन गरिएकाे बजेटकाे श्राेत र बजेट सिमा अनुमान गरिएकाे छ ।जजस अन्तर्गत संघिय अनुदानमा बित्तिय समानिकरणबाट १८ कराेड ६२ लाख ,ससर्त अनुदान चालूतर्फ ३१ कराेड ८ लाख र पुँजिगत २ कराेड १४ लाख ,राजस्व बाडफाँड १४ कराेड ९२ लाख २३ हजार र विशेष अनुदान ३ कराेड यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट बित्तिय समानिकरणमा १कराेड ७९ लाख ९९ हजार ,राजस्व बाडफाँडमा ९७ लाख ४६ हजार ,समपुरकमा ७५ लाख ,विशेष अनुदानबाट ४० लाख र ससर्त अनुदानबाट ३८ लाख ८५ हजार प्राप्त हुने अनुमान गरिएकाे छ ।यस्तै आन्तरिक श्राेतमा आन्तरिक आय ७ कराेड ५३ लाख २ हजार ,मालपाेत रजिष्ट्रेशनबाट ३ कराेड ७५ लाख र बन राेयल्टीबाट ७ लाख ७६ हजार प्राप्तहुने अनुमानगरि बजेट तयार पारिएकाे छ । आगामि बर्षकाे बजेटमा पुरानैकुरा निरन्तरता भएपनि केही नया कार्यक्रमहरूपनि समाबेश गरिएका छन यसअन्तर्गत टीकापुर पार्ककाेलागि केही याेजना समाबेश गरिएकाछन जसमा टीकापुर पार्कक्षेत्रमा प्रधानमन्त्री तथा मुख्य मन्त्रि विश्राम बाटीका तथा संग्राहलय निर्माण ,प्रत्येक वडामा एउटा गाैरवकाे याेजना जसता कार्यक्रमहरू बजेटमा समावेश गरिएका छन यस्तै नीति तथा कार्यक्रममा टीकापुर पार्ककाे गुरूयाेजना तयार गर्ने र गर्भवति महिलालाई हाेम टु अस्पताल कार्यक्रक टीकापुरलाई केराखेतिकाे हव बनाईने पदम प्रकाशेश्वर मन्दीर रहेकाे सत्ती बजारलाई धार्मिक पर्यटकियक्षेत्रकाे घाेषणा , कर्णाली नदीकाे बेल्टलाई कर्णाली बिश्वनाथ धामकाे रूपमा सञ्चालन ,स्थानिय पाठ्यक्रम बनाई कक्षा १-५ सम्म लागू गर्ने ,आमावुवा वा कुनैपनि अभिभावक नभएका अतिबिपन्न वालवालिकालाई श्री सरस्वती मावि टीकापुर १ बनगाँउमा आबासियरूपमा माद्यामिक तहसम्म निशुल्क पढाउने जस्ता कार्क्रमहरू समावेश छन । वजेटमा समावेश एक वडा एक गाैरबकाे आयाेजनामा वडा नं १ का दुइवटा याेजना समावेश गरिएका छन जसमा खक्राैला राेडदेखि दुर्गा नगरहुदै डुडेझ्यारी सडक सम्म सडक कालाे पत्रे ४० लाख , ब्लक २४ र २५ काे अधुराे कालाेपत्रे देवेन्द्र कुवरकाे घरदेहुँदै पक्कि कल्भर्ट सम्म र बिचपुरूवाचाेक भरतलालकाे घरदेखि दयारामकाे घरहुदै बनगाँउ मगर टाेलकाे नर्सरि वडा नं ४ जाेड्ने सडक कालाे पत्रेमा ४० लाख गणेशमान मार्ग सन्त निरंकारी माविदेखि उत्तर खड्ग मेमाेरियल जाने राेड कालाेपत्रे र ब्यबशाय क्षेत्र महेश वुढाकाे घरदेखि तप्त बाेगटीकाे घर सम्मकाे सडक कालाेपत्रे ४० लाख र ब्लक १४ काे अधुराे कालाेपत्रे एयरपाेर्टसम्म सडक कालाे पत्रे ४० लाख वडा नं २ काे गाैरबकाे याेजनामा सबैकाे पहुच माेहन बहादुर रावलकाे घरअगाडि पक्कि सडकबाट सीतापुर भिम बहादसर ठकुल्लाकाे घर हुँदै जनजागृति माविकाे गेटसम्म रिंगराेड कालाेपत्रे याेजनामा ९० लाख ३ नं वडाकाे गाैरबकाे याेजनामा तीनकुने चाेकदेखि बगाले चाैतरा हुदै एनसेल टावर सम्मजाने सडक कालाेपत्रे ९० लाख ४ नं वडाकाे गाैरबकाे याेजनामा खक्रैला सडक सीता चाैधरीकाे घरदेखि आई एम ई स्कुलहुँदै जुम्लिपुर काेदैपुर जानेबाटाे कालाेपत्रे ४५ लाख र वडा नं ४ ईन्दैया पीपल चाैतारादेखि लक्षिणापुर जानेबाटाे कमलाे पत्रे ४५ लाख यस्तै वडा नं ५ काे गाेरवकाे याेजनामा बसन्तादेखि पहाडीपुर जाने बाटाे कालाे पत्रेमा ९० लाख ६ नं वडाकाे गाैरवकाे याेजनामा सुरत कुवरकाे घरदेखि नारायणपुर चाेक र भगवानपुर देखि बेलुवाबाेझि जाने बाटाे कालाेपत्रे ९० लाख वडा नं ७ काे गाैरवकाे याेजनामा दिब्यापुरदेखि प्रतिकपुरहुदै हुलाकी सडक जाेड्नेबाटाे कालाे पत्रेका ४५ लाख र पदमप्रकाशेश्वर मन्दिरदेखि महादेब टाेलहुदै वडा नं ६ काे सिम्रेनि जाेड्ने बाटाे पक्कि ढलसहित कालाेपत्रेमा ४५ लाख वडा नं ८ काे गाैरबकाे याेजनामा सूर्यपुरदेखि वडा कार्यालयहुदै खक्राैला राेड जाेड्ने बाटाे कालाे पत्रेमा ९० लाख र वडा नं ९ काे गाैरवकमे याेजनामा गाेपालकाे घरदेखि शिबमन्दिरहुदै बाबुराम चाैधरीकाे घरसम्म र गर्भाकाे घरहुदै सेतीमैया स्कुलसम्म ६०० मीटर राेहनिबाेझि २०० मीटर ,सर्पराजकाे घरदेखि दहितसरकाे घरसम्म १०० मिटर कालाेपत्रेमा ९० लाख छुट्टयाईएकाे छ । नीति तथा कार्यक्रममा छ जनाले सुझाव सल्लाह दिएका थिएभने वजेटकाेलागि ३ जना नगर परिषद तथा नगर सदस्यले सुझाव र सल्लाह प्रदान गरेका थिए । कार्यक्रमकाे अन्तमा नगर प्रमुख रामलाल डगाैरा थारूले नीति तथा कार्यक्रम र बिनियाेजित बजेटमा सुझाव सल्लादिनुहुने सबैलाई धन्यबाद प्रकट गर्दै पन्धाैं नगरसभा अधिबेसनकाे समापन गरेका थिए ।