
टिकापुर १३ असोज
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा सङ्घ नेपालका पूर्व केन्द्रीय अध्यक्ष महेश बस्नेतले युवासघ नेपाललाई जनताको बीचमा रहर लाग्दो डरलाग्दो र भरलाग्दो संगठनको रुपमा विस्तार गर्नुपर्ने बताउनुभएको छ।
राष्ट्रिय युवा सङ्घ नेपाल कैलालीको दशौँ जिल्ला अधिवेशनलाई आज टीकापुरमा उद्घाटन गर्दै एमालेका युवा नेता बस्नेतले पार्टी विरुद्ध भइरहेका प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध युवासघ नेपाल संगठित रुपमा लाग्ने बताउनुभयो।
उहाँले राष्ट्रिय युवा संघलाइ एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो।उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा कैलाली नेकपा एमाले पार्टी इन्चार्ज नारदमुनि मुनि रानाले सुदूरपश्चिमको धनगढीमा चिकित्सा विश्वविद्यालय खोल्ने बताउँदै अब सुदूरपश्चिममा एमबिबिएस पढाइकाे कोटा माग्ने होइन कोटा वितरण गर्ने स्थानमा हुने बताउनुभयो र तत्काल कानुन बनाएर सञ्चालनमा ल्याउने बताउनुभयो। कार्यक्रमका विशिष्ट अतिथि एमाले पाेलिट ब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला पार्टी इन्चार्ज निरुदेवी पालले युवा सङ्घको जिल्ला अधिवेशन सर्वसम्मत हुनुपर्ने बताउनुभयो। कार्यक्रमका अर्का विशिष्ट अतिथि प्रजातान्त्रिक राष्ट्रिय युवा संघका केन्द्रीय इन्चार्ज राजिव पाहारीले मुलुकलाई समृद्ध बनाउने एकमात्र पार्टी नेकपा एमाले मात्र हो भन्नुभयो। कार्यक्रमका अर्का विशिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नम्बर १ इन्चार्ज झपट रावलले देशको विकासका लागि नेकपा एमालेले धेरै काम गरेकाे बताउदै नेकपा एमालेको सरकार हुँदा आफ्नाे पहलमा लम्की खक्रौला सडक बनेकाे शती भन्सार छोटी भन्सारबाट भन्सार कायम भएको बताउनुभयो। यस्तै उहाँले नेकपा एमालेले टिकापुर चिसापानी हुँदै मानसराेबर जाने बाटो जोड्ने पहल गरेको बताउनुभयो कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश तिवारी, सचिव खेम शर्मा, लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा राष्ट्रिय युवा सङ्घ कैलालीका उपसचिव कृष्ण बोगटी केशरले स्वागत गरेका थिएभने सञ्चालन जिल्ला सचिव अनन्त बोहोराले गरेका थिए। कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा सङ्घ कैलालीका अध्यक्ष लक्ष्मण थापाले गरेका थिए।युवा सङ्घको जिल्ला दुई दिनसम्म टीकापुरमा चल्नेछ।