१ साउन
सुदुर पश्चिम विश्व विद्यालयको कृषि संकायको डिन कार्यालयको आज टीकापुरमा विधिवत उद्घाटन गरिएको छ ।
डिन कार्यालयको विश्व विद्यालयका उप कुलपति प्राध्यापक भुषण श्रेष्ठले आज एक समारोहका बिच उद्घाठन गर्नु भएको हो ।
टीकापुर बहुमुखी क्याम्पस पनि आजै देखि बिधिवतरुपमा सुप विश्व विद्यालयको आधाकारीक आंगिक क्याम्पसकारुपमा समायोजन भएको छ ।
कार्यक्रममा विश्वविद्यालयका पदाधिकारीका साथै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल, स्ववियु सभापति शुरेस शर्मा लगाएतले बोल्नु भएको थियो ।