काँग्रेसद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा


विपक्षी दल नेपाली काँग्रेसले सरकार विरुद्ध सडक आन्दोलनको घोषणा गरेको छ ।
आज पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस पदाधिकारीको बैठकले सरकारले जनविरोधी क्रियाकलाप गरिरहेको भन्दै विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको हो ।
काँग्रेसले साउन ३, ५ र ८ गते दिउँसो १ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । ३ गते प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा ५ गते तरुण दलको अगुवाइमा र ८ गते काँग्रेसको काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिको अगुवाइमा विरोध प्रदर्शन गर्ने निर्णय पनि भएको छ । साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिएको छ । महामन्त्री डा. शशांक कोइरालाले आज विज्ञप्ति निकालेर संघीय सरकार र प्रदेश सरकारहरु लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि नबढेकाले आन्दोलन गर्नुपरेको बताउनुभएको छ ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *