भौतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्बाङ लम्की आउने


लम्की ९ मंसिर, लम्की टीकापुर खक्रौला सडक खण्डको स्तरोन्नतीको औपचारिक सुरुवात का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङयसै साता कैलाली आउने कार्यक्रम तय भएको छ ।
आगामी मंसिर १३ गते सो सडक स्तरोन्नतीको मन्त्री नेम्बाङले कैलालीको लम्कीबाट औपचारिक सुरुवात गर्ने कार्यक्रम तय भएको कैलाली २ बाट प्रतिनिधि सभाका सदस्य झपट रावलले जानकारी दिनुभयो ।
भारत सरकारको सहयोगमा केही वर्ष अघी हुलाकी सडक आयोजना मार्फत निर्माण भएको सो सडक निर्माण भएको केही वर्षमै जिर्ण भएपछि नेपाल सरकारले आफ्नै लगानीमा हुलाकी सडक आयोजना मार्फत नै स्तरोन्नती गर्ने गरी सो योजना सुरु गरिएको हो ।
लम्की देखी खक्रौला सम्म २९ दशमलब ७ किलोमिटर देखि सडक स्तरोननतीको काम सुरु गरिएको हो । योजना अन्तरगत लम्की खक्रौला खण्डमा लम्की बजार क्षेत्रमा २ दशमलब ५, टीकापुर बजार क्षेत्रमा ३ दशमलब १, र सत्ति बजार क्षेत्रमा ७ सय मिटरसडक चार लेन र बाँकी २ लेन बनाउने गरी स्तरोन्नती गर्न लागिएको हो ।
सडकको स्तरोन्नतीको काम गत वर्ष नै सुरु गर्ने गरी योजना बनाइएको भएपनि कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीका कारण गरिएको लकडाउनका कारण निर्माणमा ढिलाई भएको हो ।
निर्माणको जिम्मा पाएको निर्माण कम्पनिले काम सुरुवात गरिसकेपनि सरकारको मन्त्रीकै उपस्थितीमा औपचारिक सिलान्यास गर्न भने ढिलाई भएको थियो ।
कैलाली भ्रमणमा रहदा मन्त्री नेम्बाङले हुलाकी सडकका साथै सेती लोकमार्ग, पूर्वपश्चिम राजमार्गको कैलाली खण्ड तथा कर्णाली नदीमा जलयात्राको सम्भावित योजनाको समेत निरिक्षण गर्ने कार्यक्रम रहेको साँसद रावलले जानकारी दिनुभयो ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

36 comments on “भौतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्बाङ लम्की आउने

What Drug Category Is Amoxicillin In

tadalafil order online no prescription cheapest tadalafil cost

bedaCeri How Much Is A Viagra Prescription http://apriligyn.com

Timothynam

ivermectin tablets order stromectol uk Buy Online Ivermectin/Stromectol Now

express scripts online pharmacy canada otc drugs

Leave a Reply

Your email address will not be published. Required fields are marked *