![](http://khaptadkhabar.com/np/wp-content/uploads/2020/11/photo-of-seti-575x300.jpg)
काठमाण्डु १० मंसिर
कैलालीको टीकापुरदेखि बौनिया हुदै नेपाल चिन सिमाना ताक्लाकोट सम्म पुग्ने सेती लोक मार्गको कैलालीको क्षेत्रमा पर्ने बाटोका रुख कटानका लागि अब बाटो खुलेको छ ।
वन तथा भूसंरण बिभागले डिभिजन वन कार्यालय कैलालीलाई आज एक पत्र लेखी सेती लोक मार्गमा पर्ने कैलालीको सिमा भित्रका रुख कटानी गर्न२०७७ कार्तिक २० गते मन्त्री परिषदले निर्णय गरेको र आज वन तथा भूसंरक्षण विभाग र सडक बिभाग बिच सम्र्झौता भएकोले सो को कार्यान्वयनका लागि निर्देशन दिएको छ ।
सेती लोक मार्गको दक्षिण खण्ड कैलालीको टीकापुर,वर्दगोरियार महोन्यालको २ सय ३३ दशमलब ५४ हेक्टर सडकमा पर्ने ९ हजार ६ सय ८६ वटा रुखहरु हटाउन स्विकृति दिने निर्णय भएपछि अब सो सडक निर्माणको सबै भन्दा ठूलो समस्या हल भएको छ ।
२०६५ सालमा सरकारले सेती लोक मार्ग निर्माणका लागि निति तथा बजेट ल्याएको र टीकापुर देखी बौनिया सम्मको सडकको ट्र्याक खोल्ने काम समेत भैसकेको छ ।
कैलालीको महोन्याल क्षेत्रमा सो सडकमा पर्ने कोपिला सामुदायिक वन,इन्द्रेणी सामुदायिक वन,दानविर सामुदायिक वन लगाएतका सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पर्ने ति रुखहरु कटान लगत्तै सडक निर्माणको अबरोध सकिने छ ।
सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जनताको जिवन स्तर सुधारमा कोषेढुँगा सावितहुने सो सडक निर्माणले भारत र चिनलाई समेत जोड्ने छ ।
सेती लोकमार्गको उत्तर तर्फको निर्माण कार्य सुचारु भएपनि दक्षिण तर्फको काममा बाताबरणीय प्रभाव मूल्याँकन र रुख कटानका लागि वन मन्त्रालयले समयमै काम नगरिदिनाले सरकारले सेती लोकमार्ग निर्माणको योजना ल्याएको १२ वर्ष वित्नलागदा समेत अहिले सम्म ट्याक खोल्ने काम समेत हुन सकेको छैन ।
गत आर्थिक वर्षमा कैलालीको सिमा भित्रको बाताबरणिय प्रभाव मूल्याँकनको काम सम्पन्न भएको भएपनि मन्त्री परिषदले निर्णय गर्ने र सडक विभाग र वन तथा भूसंरण विभागका विचमा सम्झौता हुने काम हुन नसक्नाले सेती लोकमार्ग निर्माणमा अबरोध हुदै आएको कैलाली क्षेत्र नं.२ का साँसद झपट रावल बताउनुहुन्छ ।
जनताको धेरै ठूलो जनदबाबको बलमा सो काम भएको बताउदै साँसद रावललले अब सेती लोकमार्ग निर्माणको काम दुर्त गतिमा अगाडी बढाउन आफु निरन्तर लागि रहने बताउनु भयो ।
साँसद रावलले विगत देखी नै आफु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन मन्त्रालयमा निरन्तर सेती लोक मार्गको काम को उल्झन हटाउन लागि परेको र अब बाँकी कामका लागि समेत निरनतर लागि पर्ने बताउनु भयो ।
One comment on “सेती लोकमार्ग निर्माणमा अबरोध हट्यो, बाटोमा पर्ने रुख कटानका लागि सम्झैता सम्पन्न”
Squarce
August 28, 2024 at 6:42 amSelf Fertility Massage A uterus with a thin endometrium is already, or may over time, become weak priligy and viagra combination Avoid environmental testosterone threats such as RF- EMFs, tobacco smoking, certain teas, pesticides, soy foods, and plastics