आठ महिना पछि आजबाट खुल्यो टीकापुर पार्क


शेर बहादुर विष्ट
टीकापुर, १९ मंसिर
कोभिड–१९ को संक्रमणका कारण बन्द रहेको टीकापुर पार्क आठ महिना पछि आजबाट खुल्ला गरिएको छ । दशैतिहार र तिहार पछि पार्क अबलोकनमा आउनेहरुको घुईचो लाग्ने पार्क यो बर्ष सो अबधिमा सुनसान रह्यो ।
अन्य बर्ष जस्तै पार्कमा आउने पर्यटकहरुलाई यस बर्ष पार्क बन्द रहेको जानकारी नभएका पर्यटकहरु पार्क पुग्दै फर्कदै गरे।

अबलोकनको लागि खुल्ला गरिएपनि विश्वव्यापी रुपमा रहेको कोरोना महामारीले गर्दा त्यसबाट बच्न स्वास्थ्यका सबै मापदण्ड पालना गर्न लगाई टीकापुर पार्क अबलोकनका लागि खुल्ला गरिएको कुरा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद शर्माले बताउनु भयो ।

पार्क अबलोकन खुल्ला गरिएपनि पार्क भित्र पिकनिक तथा बनभोज जस्ता कार्यक्रम भने रोक लगाएको उहाँले बताउनुभयो ।

टीकापुर नगरपालिकाले तोकेका अन्य शर्तमा अबलोकनकर्ताले मास्कको अनिबार्य प्रयोग गर्नुपर्ने, सम्बन्धित स्थानमा राखिएको साबुनपानीले हात धुनु पर्ने, पार्कभित्र रहेका जुनसुकै बोटबिरूवा वा रेलिङ्गहरूमा छुन नपाइने जथाभाभि फोहर गर्न नपाईने र फोहोरलाई सम्बन्धित स्थलमा ब्यबस्थापन गर्नुपर्ने, प्रति समुहमा बढिमा २५ जनाभन्दा बढिको संख्यामा प्रबेश गर्न नपाईने, एक अर्काबीच भौतिक दुरी कायम गर्ने जस्ता सर्त तोकिएका छन् ।

पार्कको अबलोकन समय बिहान सात बजेदेखि बेलुकि पाँच बजेसम्म खुल्ला गरिएको जनाइएको छ ।

 

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

2 comments on “आठ महिना पछि आजबाट खुल्यो टीकापुर पार्क

God Bless Guys, Keep doing what you’re doing…

My website; best Internet deals Around Me

I’m writing on this topic these days, baccaratsite, but I have stopped writing because there is no reference material. Then I accidentally found your article. I can refer to a variety of materials, so I think the work I was preparing will work! Thank you for your efforts.

Leave a Reply

Your email address will not be published. Required fields are marked *