टीकापुर १३ साउन
टीकापुर नगरपालिकाले गरिब परिचयपत्र बाट्न सुरु गरेको छ । नगर पालिकाको वडा नंं ४ मा आइतबारबाट गरीब घर परिचयपत्र वितरण शुरु भएको छ ।
टीकापुर नगरपालिकामा २ हजार सात ४४ अति गरिव, मध्यम गरिव एक हजार ३ सय ८५, सामान्य गरिव ९ सय ६१ जना रहेको जानकारी दिइएको छ ।
वडा नं. ४ का वडा अध्यक्ष लालविर चौधरीले अति गरीबलाई रातो रङको, मध्यम गरीबलाई पहेंलो रङको र सामान्य गरीबलाई नीलो रङको परिचयपत्र दिने व्यवस्था सरकारले गरेको बताउंदै गरीब घर परिचयपत्रका आधारमा राज्यले भविष्यमा सेवा सुविधा दिने बताउनुभयो ।
करिब ४ वर्ष पहिले लगेको लगतका आधारमा आएका परिचयपत्रहरु अहिले बितरण गर्ने काम सुरु भएको नगर प्रमुख तपेन्द्र रावलले बताउनुभयो । नगर प्रमुख रावलले सबै वडाहरुमा परिचयपत्र बितरण गरिने बताउनु भयो । टीकापुरमा पांच हजार ९० जना गरीबीको परिचयपत्र पाउन योग्य रहेको बताइएको छ ।
परिचय पत्र वितरणका क्रममा केही नागरिकहरु आफ्नो नाम किन आएन भनी वडामा आउन थालेका छन् । ४ वर्ष पहिले लगत लिएर दाबी उजीरीको समयमा कैयौं मानिसले चाँसो नदिदा अहिले यो समस्या आएको नगर प्रमुख रावल बताउनु हुन्छ ।
कैलाली सहित आठ जिल्लामा नमूनाका रुपमा गरीब घर परिचयपत्र वितरण गर्न लागिएको छ । सरकारले विसं २०६९ मा गरेको गरीबको सर्वेक्षणका आधारमा परिचयपत्र दिने कार्य शुरु भएको हो ।
परिचयपत्र वितरण गर्दै गरीब घर परिचयपत्रका आधारमा राज्यले भविष्यमा सेवा सुविधा दिनेछ । परिचयपत्र वितरणमा सहभागी हुने कर्मचारीलाई गरीब घर परिचयपत्र वितरणसम्बन्धी अभिमुखिकीकरण दिइएको थियो ।
4 comments on “टीकापुरमा गरिव घर परिचयपत्र वितरण शुरु,”
ufabetstar365
February 28, 2023 at 7:48 amUFABET สมัครง่าย เว็บตรงยูฟ่าออนไลน์ เว็บคาสิโนออนไลน์ บาคาร่าสด แทงบอล สล็อตพีจี ครบวงจรที่เดียว ฝาก-ถอนออโต้ 30วินาที UFA – ยูฟ่า อันดับ1 ufabetstar365
ufa711
February 28, 2023 at 7:48 amUFA7-11 UFABET เว็บไซต์พนันออนไลน์ คาสิโนออนไลน์ ที่สมบูรณ์แบบที่สุด มีความ มั่นคง และ บริการเยี่ยม ที่สุด ยูฟ่าเบท ยังคงครอบเป็นอันดับ 1
UFAVIP666
February 28, 2023 at 7:49 amufavip666 เปิดมิติใหม่ในการเล่นเกมไพ่ บาคาร่าออนไลน์ ได้แล้วที่สุดยอดเว็บไซต์ ufavip666 ของเราในตอนนี้ ทางเราพร้อมการันตีได้เลยว่านักเดิมพันทุกคน จะได้พบกับความสนุกสุดมันส์
Cami Halısı Hakkari
October 13, 2023 at 1:01 amThank you for great information. Hello Administ . Cami Halısı ve Cami Halıları Website: https://www.melekhali.com.tr/