गगन थापा र दुर्गा प्रसाईलाई कारबाहीको माग, ढाकामा बिद्यार्थीको आन्दोलन


काठमाडौं, १४ साउन – नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

उसले प्रसाईमाथि कानूनी कारबाही गर्न माग गरेको छ भने नेपाली कांग्रेसका नेता थापाले भने माफी माग्नु पर्ने बताएकोे छ । प्रसाईलाई कारवाही नभए र थापाले माफी नमागेसम्म ढाकास्थित नेपाली दुतावासमा धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम जारी रहने युनियनले जनाएको छ ।

बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने बिद्यार्थीमाथि बिभिन्न गम्भीर लान्छना लगाउने काम भएको भन्दै सरकारले त्यस्ता व्यक्तिमाथि तत्काल कारवाही गर्नुपर्ने माग गरेको हो । सरकारले माग सम्वोधन नगरेकाले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न वाध्य भएको बताएको हो ।

प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिलाहरुको शारिरिक शोषण हुने गरेको आपत्तीजनक अभिव्यक्ति दिएका थिए । गगन थापाले बंगलादेश, चीन र फिलिपिन्समा पढ्न गएका बिद्यार्थीले एमबीबीएसको प्रमाणपत्र ग्यारेन्टी गरेरमात्र भर्ना गर्ने बताएका थिए । थापाले नेपालमा पढ्न अवसर नपाएर नभई पैसा दिएर प्रमाणपत्र सुनिश्चित गर्नमात्र बिद्यार्थी बाहिर गएको बताएका थिए ।

दुबैले त्यहाँको शिक्षाको गुणस्तरमाथि कपोलकल्पित अभिव्यक्ति दिएकाले  आन्दोलनका कार्यक्रम घोषणा गरिएको युनियन अध्यक्ष राजु साहले जानकारी दिएका छन् । दुवैको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला उसले आगामी दिनमा पनि यस्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउन सक्ने भन्दै त्यसलाई रोक्न कडा कानूनी व्यवस्था गर्न समेत उसले सरकारसँग माग गरेको छ ।

आन्दोलित विद्यार्थी युनियनले सोमबार ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदैछ । १७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम राखेको युनियनले १८ गते ढाकास्थित दूतावासमा १२ बजेदेखि धर्ना दिने साहले जानकारी दिए । यसअघि कानुनमन्त्री शेरबहादुर तामाङले यस्तै अभिव्यक्ति दिएका कारण मन्त्रीबाट राजिनामा दिएका थिए ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

3 comments on “गगन थापा र दुर्गा प्रसाईलाई कारबाहीको माग, ढाकामा बिद्यार्थीको आन्दोलन

ufabetstar365

UFABET สมัครง่าย เว็บตรงยูฟ่าออนไลน์ เว็บคาสิโนออนไลน์ บาคาร่าสด แทงบอล สล็อตพีจี ครบวงจรที่เดียว ฝาก-ถอนออโต้ 30วินาที UFA – ยูฟ่า อันดับ1 ufabetstar365

ufa711

UFA7-11 UFABET เว็บไซต์พนันออนไลน์ คาสิโนออนไลน์ ที่สมบูรณ์แบบที่สุด มีความ มั่นคง และ บริการเยี่ยม ที่สุด ยูฟ่าเบท ยังคงครอบเป็นอันดับ 1

UFAVIP666

ufavip666 เปิดมิติใหม่ในการเล่นเกมไพ่ บาคาร่าออนไลน์ ได้แล้วที่สุดยอดเว็บไซต์ ufavip666 ของเราในตอนนี้ ทางเราพร้อมการันตีได้เลยว่านักเดิมพันทุกคน จะได้พบกับความสนุกสุดมันส์

Leave a Reply

Your email address will not be published. Required fields are marked *