१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुको सुरक्षाका लागि निजी सुरक्षा अधिकारी (पीएसओ) दिएको खबर पढेपछि सांसदहरु नै छक्क परे । समितिका सदस्यहरु भन्दै थिए, न हामीले मागेका छौं, न पाएका छौं ।’
तर, केहीबेरमै भेद खुल्यो, सत्तारुढ दल नेकपाकी सांसद निरु पालले सुरक्षा माग गर्दै सभामुखसामू निवेदन दिएकी रहिछन् ।
मंगलबार साँझ दूध किन्न सडकमा निस्किएका बेला आफूलाई अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल राखेर धम्की दिएको सांसद पालको भनाइ छ ।
‘प्रधानन्यायाधीशमा अन्यथा गरे तेरो बाउ खड्गेले पनि बचाउन सक्दैन’ भन्दै अज्ञात धम्की दिएको र आफ्नो मोबाइलसमेत खोसेर लगेको सांसद पालले बताएकी छन् ।
लगत्तै प्रहरी प्रधान कार्यालयले सांसद पालको सुरक्षाका लागि पीएसओ खटाएको छ । उनीसहित सुनुवाइ समितिका ७ जनालाई सुरक्षा दिने निर्णय भएको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
बाँकी सदस्यहरु मध्ये कतिपयले पहिल्यैदेखि पीएसओको सुरक्षा लिँदै आएका थिए । ‘जेष्ठ सदस्य लक्ष्मणलाल कर्ण, नेकपाका सांसद सुरेन्द्र पाण्डे लगायतसँग पहिल्यैदेखि पीएसओ थिए’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।
यसैबीच मंगलबार संसदीय सुनुवाई समितिका अन्य सदस्यलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको भन्दै सांसदहरुको एक समूहले सभामुखलाई भेटेर सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् ।
वनलाइन खबरबाट
3 comments on “बानेश्वरमा कसले तेर्स्यायो सांसदको कञ्चटमा पेस्तोल ? ‘प्रधानन्यायाधीशमा तलमाथि गरे ज्यान मार्ने धम्की दिएको दाबी”
ufabetstar365
March 3, 2023 at 11:19 amUFABET สมัครง่าย เว็บตรงยูฟ่าออนไลน์ เว็บคาสิโนออนไลน์ บาคาร่าสด แทงบอล สล็อตพีจี ครบวงจรที่เดียว ฝาก-ถอนออโต้ 30วินาที UFA – ยูฟ่า อันดับ1 ufabetstar365
ufa711
March 3, 2023 at 11:20 amUFA7-11 UFABET เว็บไซต์พนันออนไลน์ คาสิโนออนไลน์ ที่สมบูรณ์แบบที่สุด มีความ มั่นคง และ บริการเยี่ยม ที่สุด ยูฟ่าเบท ยังคงครอบเป็นอันดับ 1
UFAVIP666
March 3, 2023 at 11:20 amufavip666 เปิดมิติใหม่ในการเล่นเกมไพ่ บาคาร่าออนไลน์ ได้แล้วที่สุดยอดเว็บไซต์ ufavip666 ของเราในตอนนี้ ทางเราพร้อมการันตีได้เลยว่านักเดิมพันทุกคน จะได้พบกับความสนุกสุดมันส์