कर्णाली, १५ असोज
सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारले परिचयपत्र पाउने भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारलाई परिचयपत्र दिने भएको हो ।
दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा सुर्खेतका ५६ व्यक्ति बेपत्ता भएको तथ्याङ्क छ । पीडितपरिवारलाई परिचयपत्र प्रदान गर्न आयोगका सदस्य विश्वप्रकाश भण्डारी नेतृत्वको टोली सुर्खेत आउँदैछ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्शेर रानाले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीको सूचीमा नाम समावेश भएका पीडितपरिवारलाई परिचयपत्र वितरण गर्न लागिएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले परिचयपत्र लिन सूचित गर्दै बेपत्ता पारिएका व्यक्ति, उनीहरुका बाबुआमाको नाम, ठेगाना, बेपत्ता पारिएको स्थान र मितिसहितको विवरण सार्वजनिक गरेको छ ।
One comment on “बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र”
glucoberry
January 3, 2024 at 12:28 pmGlucoBerry is one of the biggest all-natural dietary and biggest scientific breakthrough formulas ever in the health industry today. This is all because of its amazing high-quality cutting-edge formula that helps treat high blood sugar levels very naturally and effectively.