समाज रुपान्तरणमा अगुवाको भूमिका


ललित जंग शाही
कुनै पनि स्थानमा त्यहा“ बस्ने समुदायहरु बिच एक आपसमा सदाचार समन्वय र सहकार्य नगरी सर्वाङ्गीण विकास सम्भव छैन । सद्भाव र सह संस्कृतिको विकास हुन त्यस स्थानमा वसोवास गर्ने नागरिक र नेतृत्वमा रहने अगुवाहरुले एकअर्को समुदायको आत्म स्वाभिमानको रक्षा गर्दै सह अस्तित्वलाई आत्मसात गर्न सक्नु पर्दछ । समाजलाई सही बाटोमा डोर्याउन तथा विवाद र अलमलमा सबैलाई न्याय हुने र अन्यायमा नपार्न समन्वय गर्न सकेको खण्डमा मात्र समुचित ढंगबाट समाजको विकासक्रम अगाडी बढ्ने देखिन्छ ।

हाम्रो समाजमा विशेष गरी टीकापुर क्षेत्रमा बसोवास गर्ने बहु धुर्विय समाजले सवल र सही दृष्टिकोण राख्ने अगुवा नेता पाउन सकेको देखिदैन । टीकापुर बस्ती बिस्तारको पाँच दशक लामो ईतिहासको विभिन्न काल खण्डमा अगुवाई गर्ने अगुवाहरु समाज प्रति पूर्ण ईमान्दार भएको पाईदैन । अपवादको रुपमा टीकापुरका परिकल्पनाकार संस्थापक स्व.खडग बहादुर सिंह बाहेक अन्य सबैको भूमिका आफन्तलाई स्थापित गर्ने र भिन्न विचार र समुदायलाई निरुत्साहित गर्ने काममा नै समय खर्चिए ।
२०४६ सालको जनआन्दोलन पश्चात त झन्् राजनैतिक र सामाजिक रुपमा आफ्नो कर्मथलोको रुपमा टीकापुरलाई आत्मसाथ गर्न सकेका पाईदैन । सबै अगुवा र आसपासका सहयोगीहरुले केवल मौका परस्त उपयोगीता थलोको रुपमा लिएका कारण हुनु पर्ने जति भौतिक तथा सामाजिक विकास टीकापुर क्षेत्रमा भएको देखिदैन । आगन्तुक अगुवा नेताले आफ्नो आफन्त र संलग्न पार्टीको पक्ष पोषण गर्न मै समय बिताए । एकदुई पटक यही भूमीमा उत्पादन भएका अगुवाहरुले नेतृत्व समाल्ने अवसर नपाएको होइन तर कसैको शैक्षिक हेङ्गओभर कसैको दश वर्षे द्धन्दको हेङ्गओवरले गर्दा दूर दृष्टि राखेर नेतृत्व लिन र दिन सकेनन्, जसको परिणाम उनीहरु सामाजिक रुपमा स्थापित अगुवा हुन सकेनन् भने जन अनुमोदनमा परेका अगुवाको पुरै कार्यकाल बन्दीगृहमा नियतीले बिटाउन बाध्य पार्यो । वास्तवमा भन्ने हो भने टीकापुर क्षेत्रले बिगत १० वर्ष देखी चलायमान निर्वाचित नेतृत्व नै पाएको छैन । समानुपातिकमा परेका प्रतिनिधिको भूमीका विकास निर्माण र समाजलाई दिशा निर्देश गर्ने भन्दा पनि नाम छनोट कर्ताको निर्देशन पालना मै उर्जा र समय खर्चिनु परेको देखिन्छ ।
कमसेकम स्थानीय निकायमा निर्वाचित जन प्रतिनिधि स्थानिय समुदाय बाटै भएका हुँदा ठाउँको विकास र समाज रुपान्तरण खातिर गरिएका सकारात्मक कार्यमा हातेमालो गर्नु टीकापुरको विकास चाहने नागरिकहरुको कर्तव्य हो भन्ने मलाई लाग्छ । अर्काे कुरा समाजका सबै तह तप्काका अगुवाहरुले सकारात्मक सोचका साथ हातेमालो गरेर विमान स्थल सुचारु गर्न तथा जिल्ला बनाउने लगायत समग्र टीकापुरको विकास गर्न चाहेमा गाह्रो र असम्भव पनि छैन । तर एकले अर्कालाई दुस्मन देख्ने र मुखमा रामराम बगलीमा छुरा गर्ने हो भने २०७२ मा सल्केको भूसको आगोलाई बेलैमा व्यवस्थापन गर्न नसकेमा आगो सल्काउने ताप्ने रोटी सेक्नेहरुको भविष्य त्यही आगोको ज्वालामूखीले भस्मा पारिदिने छ भने टीकापुरको विकास र समाज रुपान्तरणको गती अवरुद्ध हुने निश्चित छ ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *