भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको छ ।राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको हो ।पाँच मध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाकै सरकार थियो । ती तीनै राज्यमा उसले हार बेहोरेको छ ।मध्यप्रदेश र छत्तीसगढको परिणामले भने भाजपाका लागि ठूलो झड्का ठानिएको छ ।
मध्यप्रदेशमा पाँच वर्षअघि भएको निर्वाचनमा २३० मध्ये १६५ सिट जितेको भाजपा यस पटक १ सय ९ सिटमा खुम्चिएको छ ।त्यसैगरी छत्तीसगढमा १५ वर्षदेखि सरकारको नेतृत्व गर्दै आएको भाजपा यस पटक पराजित भएको छ ।यो प्रदेशमा कूल ९० सिटको प्रदेशसभामा भारतीय कंग्रेस पार्टीले ६८ सिटसहित बहुमत हासिल गरेको छ ।सत्ताधारी दल भाजपा १६ सिटमै सिमित भएको छ । पाँच वर्षअघि भएको निर्वाचनमा यहाँ भाजपाले ४९ सिट जितेको थियो ।
राजस्थानमा २ सय सिटमा भएका चुनावमा कंग्रेसले ९९ सिटमा जित हात पारेको छ भने भाजपा ७३ सिटमा सिमित भएको छ ।त्यसैगरी दक्षिणी भारतीय राज्य तेलंगानामा भने सत्ताधारी दल टीआरएसले भारी बहुमत हासिल गरेको छ ।कूल ११९ विधानसभा सिटमध्ये मुख्यमन्त्री केसीआर राव नेतृत्वको टीआरए गठबन्धनले ८८ सिटमा विजयी भएको छ ।कंग्रेस र तेलगुदेशम् पार्टी गठबन्धनले १९ सिट जितेको छ ।