टीकापुर १९ चैत
लकडाउनलाई उलंघन गर्दै कैलालीको नेपाल भारतका विभिन्न नाकाबाट लुकि छिपि भारतबाट नेपाल भित्रिनेहरु नरोकिएको देखिएको छ ।
हिजो राती दक्षिणपूर्वि भारतिय सिमाना कालाकुण्टा नजिकैबाट लुकेर भारतबाट नेपाल छिरेका ४ जनालाई प्रहरीले पक्राउ गरी टीकापुर स्थित क्वारेन्टाइनमा राखको छ । उनीहरु टीकापुरकै रहेको बताइएको छ ।
उनिहरुले प्रहरी समक्ष आफुहरु टायरको ट्युव लगाएर सिमानामा रहेको मोहना नदिमा पौडेर नेपाल प्रवेश गरेको बताएको शसस्त्र प्रहरी बल विओपि खक्रौलाका इन्चार्ज चन्द्रदेव भट्टले बताउनुभयो ।
स्थानियवासीहरुका अनुसार दैनिक राती कैयौं नेपालीहरु यसरी लुकेर नेपाल भित्रिरहेका छन । मोहना नदीको पानी घटेका कारण कैयौं ठाउमा खुट्टाले नै पानी तर्न सकिने अवस्था रहेको र विशेष गरी टीकापुर, जोशीपुर, भजनी लगाएतका ठाउका स्थानियवासी जसले यो भौगोलिक अवस्था जानकारी छ, उनीहरु नै यसरी आउने गरेको बताइन्छ ।
गाउघरबाट यसरी कैयौं मान्छे भारतबाट नेपाल भित्रिने गरेको सुचनाहरु आईरहेको स्थानिय समाजसेवी केसरसिंह ठकुरी बताउनुहुन्छ ।
नेपाल सरकार र भारतीय सरकारको उच्च तहमा जुन देशका नागरिक जुन देशको सिमानामा छन सोही ठाउको क्वारेन्टाइनमा राख्ने सहमति भएपनि भारतबाट नेपाल भित्रिनेहरु कसरी लुकेर आइरहेका छन भन्ने प्रश्न उठेन थालेको छ ।
अहिले कोरना संक्रमणबाट आम नागरिकलाई बचाउन सरकारले लकडाउनको घोषणा गरेकोले यसलाई सबैले पालना गरेमात्रै संक्रमणबाट बच्न सकिने भएकाले आम आम नागरिकलाई यसरी लुकेर भारतबाट नआउन टीकापुर नगरपालिकाले अनुरोध गरेको छ । “भारत र नेपाल दुबै सरकारको उच्च तहमा दुबै देशका नागरिकलाई जो जुन देशमा छन त्यही क्वारेन्टाइनमा राख्ने सहमति भएको छ, अहिले यसको पालन गर्नुको विकल्प छैन, सबैलाई म यहि आग्रह गर्दछुँ” नगर प्रमुख तपेन्द्र रावलले भन्नुभयो ।
भारत र नेपाल दुबै देश देश लकडाउनमा रहेका बेला अहिले पनि मान्छेहरु कसरी लुकेर आईरहेका छन भन्ने बारेमा आफु अहिले भारतिय सिमा सुरक्षाका अधिकारीसँग कुरा गर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो ।