
जिन्दगिको खासै गन्तब्य हुदैन । सानो इच्छा, आकाँक्षा र आवश्यकताले कता कता डोर्याइदिन्छ । आज बिहानको नित्य कर्म योग्याभ्यास पछि एक्कासी धनगढी तिरको गन्तब्य चयन गरियो ।
बिहानीको चिसो सिरेटो छिचोल्दै भाई चक्र सोडारीसँगै हामी मोटरसाइकिलको यात्रामा धनगढीका लागि हिड्यौं । बिहान ७ः३० बजे टीकापुरबाट हिड्दा चिसो नै थियो । बाटोमा खासै भेट घाटहरु भएनन । बौनियामा सामान्य नास्ता गरेर हामी धनगढी पुग्यौं ।
धनगढी गुग्दा बिहानको १०ः१५ बजेको थियो । अत्तरियाबाट अगाडी धनगढीको यात्रा तय गर्दा धनगढी उप महानगर पालिकाले सडक बत्तिका पोलहरुमा रात्रीकालिन सयममा सडक सौन्दर्यकरणका लागि रंगि बिरंगि बत्तिहरु जगान गरिएको रहेछ । सानो कामले पनि पनि शहर कति सुन्दर बनाउन सकिदो रहेछ भन्ने कुराको यो बलियो प्रमाण हो । करिब १ महिना पछि धनगढीमा पुग्दा चौराहादेखि क्याम्पस रोडसम्मको निर्माणाधिन बाटोको कामले अलि गति लिएको पाइयो ।
आज शुक्रवार भएकोले कार्यालयका भेटघाट पहिले सक्नु पर्ने गरि खाद्य गुणस्तर कार्यालयमा गएर सामान्य कामको चर्चा गरियो । कार्यालय प्रमुखसँगको कुरा पनि भयो । यस्तै प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालय अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमा भेटघाटका लागि गयौं । कार्यालयका प्रमुख र प्रशासन प्रमुखसँगको कुराकानी पछि हामी फर्किएर केही राजनैतिक व्यक्तित्वहरुसँगको भेटघाट भयो र साँझ ५ बजे टीकापुर फर्कियौं ।
सिकाई तथा निस्कर्ष
हामीले सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरुसँगको भेटको निस्कर्ष भन्नु पर्दा कर्मचारी र सेवाग्राहीको दुरी धेरै टाढा पायौं । आम नागरिकले गएर कर्मचारीसँग आफ्नो काम सजिलै गर्न सक्ने अहिले पनि बाताबरण छैन । कुनै पनि राजनैतिक व्यवस्थाबाट जनताले पाउने सेवाका प्रमुख पात्र कर्मचारी हुन । राजनैतिकरुपमा हामीले गणतन्त्र ल्यायौं, लोकतन्त्र ल्यायौं भनेर सरकार सञ्चालकहरुले भाषण गर्नु चन्दा कर्मचारीहरुले जनता जनता प्रति गर्ने व्यवहार सुधार्नु जरुरी छ । अन्यथा मन्त्रीहरुले भाषण गरी रहने र कर्मचारीहरुबाट सेवा ग्राहीहरु प्रताडित बनि रहने कुरा हुदै जाने निस्चित छ । यदि व्यवस्था दिगो बनाउने हो भने कर्मचचारीहरुको व्यवहार सुधार्न जरुरी छ । कर्मचारी शासक होइनन, जनताले तिरेको करबाट तलब खाने राष्ट्रसेवक हुन । यो भावनाबाट काम गर्न सके व्यवहारमा वास्तब मै लोकतन्त्र हुने थियो कि ?
( जिन्दगिका सबै पाइलाहरु सिकाइ हुन भन्ने मान्यतालाई आत्मसाथ गर्दै प्रत्यक दिनका अनुभुतिलाई दैनिकिकारुपमा नियमित लेख्ने प्रयास गरिने छ)