
टीकापुर १९ फागुन
टीकापुरकाे बहुचर्चित साँस्कृतिक पर्व हाेरी चैत्र ४ गते देखि १२ गते सम्म आयाेजना हुने भएकाे छ ।
टीकापुर सास्कृतिक समाजकाे आयाेजनामा आज टीकापुरमा हाेरी सञ्चालनका लागि भएकाे सर्वपक्षिय भेलाले साे निर्णय गरेकाे हाे ।
भेलाले शान्ति सुरक्षालाई मध्यनजर राखि हाेरी दिउसाे २ बजे देखि साँझ ६ बजे सम्म टीकापुरकाे खुला मञ्चमा सञ्चालन हुने र हाेरी सञ्चालन हुने स्थान (खुला मञ्च)मा साे अबधी भर मदिरा निषेधित हुने निर्णय गरेकाे छ । भेलाकाे अध्यक्षता टीकापुर साँस्कितक समाजका अध्यक्ष प्रेम रावलले गर्नुभएकाे थियाे ।