चिसापानी पुलको आगजनी र विपत पूर्व तयारीका कुरा


मातृका तिमिल्सैना

    प्राय सधै हावा चलिरहने चिसापानी जस्तो आगोको लागि जोखिम क्षेत्रमा दमकलमा पानी भर्नका लागि लम्की चुहा नगर पालिकाले फिलिङ सेन्टरको समेत व्यवस्था नगरेको देखियो । अर्को विडम्बनापूर्ण कुरा त के भने दशौं अर्व खर्च गरेर निर्माणको अन्तिम चरणमा रहेको पानी जमरा कुलरिया जस्तो राष्ट्रको गौरवको आयोजनाले समेत आयोजना निर्माण गर्दा यस्ता विपत प्रति ध्यान दिएको पाइएन ।
विपत कहिले पनि बाजा बजायर आउदैन त्यसैले विपतको पूर्व तयारी अत्यावश्यक कुरा हो । हिजो मात्रै चिसापानी पुलको माथि लाइटर बोकेको ट्रकमा आगजनी हुदा पुलमा समेत आँशिक क्षति भएर केही दिनका लागि आवागमन समेत बन्द गर्नु पर्ने अवस्था भएको छ । संयोगको कुरा त्यो आगजनी पुलको छेउमा भयो बस्ति नजिक थिएन , यदी सो ट्रक बजारको बिचमा यसरी आगजनी भएको भए के हुन्थो ? कहिले काही पेट्रोल पम्पमा नै आगजनी भयो भने हाम्रो क्षमताले त आगजनी नियन्त्रण गर्न नै नसकिने अवस्था देखियो । त्यसैले सरकारले विपतको पूर्व तयारीका लागि गर्ने काममा कमजोरी देखियो । विशेष गरी स्थानिय सरकार जनताको नजिकको सरकार भएकाले बढी दायित्व स्थानिय सरकारको हुन आउछ । चिसापानी पुलको आगजनीले स्थानिय सरकारहरु विपतको पुर्व तयारीका सन्दर्भमा कति कमजोर अवस्थामा छन भन्ने देखाउछ । यस्का सन्दर्भमा केही सुझावहरु यहा उल्लेख गर्ने प्रयास गरेको छुँ ।
दमकल
आगलागिका सन्दर्भमा हामीले कुरा गर्दा हामी केवल दलकलको मात्र करा सोच्ने गर्दछौं । कैयौ अवस्थामा दमकलले मात्र आगो नियन्त्रण गर्न सक्दैन । अन्य उपायहरुको खोजी गर्नु पर्ने हुन्छ । आगजनीमा दमकल भएर मात्रै पुग्दैन । दमकलमा पानी भर्ने वाटर फिलिङ सेन्टरहरु पनि कम्तीमा सबै बजार क्षेत्र र गाउमा हुनु आवश्यक देखिन्छ । सकिन्छ भने नजिकको नदि, ताल र तलाउबाट सिधै पानी भर्न सकिने गरि दमकलमा नै मोटर जडान गर्ने सिस्टम जडान गर्नु पर्ने देखिन्छ । आगलागि नियन्त्रणका लागि दमकल जाँदा कहिले काँही मानविय उद्ध्वार समेत गर्नु पर्ने भएकाले फोल्डीङ भएको कम्तीमा ५ तला सम्म लगाउन सकिने सिडी समेत दमकलमा राख्नु उपयुक्त देखिन्छ ।
फायर बल
हिजो चिसापानीमा जस्तै प्रज्वलनसिल पदार्थमा आगजनी हुदा दमकलको पानीले मात्रै आगो निभाउन सकिदैन । यस्तो अवस्थामा फायर बलको प्रयोग पनि गर्नु पर्ने हुन जान्छ । सबै स्थानिय तहहरुले कम्तीमा १० वटा फायरबलहरु किनेर दमकलसँगै राख्दा अग्नि नियन्त्रणका लागि अझ सजिलो हुन जान्छ । फायर बल धेरै महँगो पनि हुदैन । जानकारहरुका अनुुसार नेपाली बजारमा पनि १.३ केजीको फयरबललाई करिब ४ देखि ५ हजार मूल्य पर्ने गर्दछ । स्थानिय सरकारका लागि यो कुनै ठूलो कुरा होइन ।
फायर स्टिङगेजर
यो एयटा ग्याँसको सिलिन्डर हो फायर स्टिङगेजर अहिले सामान्य यातायातका सााधनहरुमा समेत राखिएको हुन्छ । दमकलमा यस्तो सामाग्रि राखेमा अग्नि नियन्त्रणका लागि अझ धेरै सहज हुने देखिन्छ । स्थानिय सरकारले विपतको पूर्व तयारीका लागि यस्को व्यवस्था गर्नु पर्ने हुन्छ ।
दक्ष जनशक्ति
अग्नी नियन्त्रणका लागि बारुण यन्त्रसँग रहेको जनशक्ति माथि उल्लेखित सबै उपाय प्रयोग गर्न सक्ने तालिम प्राप्त जनशक्ति हुनु पर्दछ । उनीहरुका लागि आगो नियन्त्रणमा जादा प्रयोग गर्ने सुरक्षित पोशाक समेत हुनु आवश्यक छ ।

निस्कर्ष
हिजो चिसापानीको आगजनी नियन्त्रणमा दमकलमा पानी सकिएपछि पानी भर्नका लागि दमकललाई समय लागेको देखियो । दमकल बाहेक अन्य कुनै सामाग्रि को प्रयोग भएको देखिएन । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले हर सम्भव प्रयास गरेर आगो नियन्त्रणमा आएको देखियो तर उनीहरुलाई पनि आगो नियन्त्रणका लागि सरकारले आधुनिक साधन स्रोत दिएको देखिएन । प्राय सधै हावा चलिरहने चिसापानी जस्तो आगोको लागि जोखिम क्षेत्रमा दमकलमा पानी भर्नका लागि लम्की चुहा नगर पालिकाले फिलिङ सेन्टरको समेत व्यवस्था नगरेको देखियो । अर्को विडम्बनापूर्ण कुरा त के भने दशौं अर्व खर्च गरेर निर्माणको अन्तिम चरणमा रहेको पानी जमरा कुलरिया जस्तो राष्ट्रको गौरवको आयोजनाले समेत आयोजना निर्माण गर्दा यस्ता विपत प्रति ध्यान दिएको पाइएन । त्यसैले स्थानिय सरकारहरुले विपतको पूर्व तयारी राम्ररी गर्नुपर्ने देखियो । ठूला आयोजनाहरु निर्माण गर्दा वा विकास निर्माणका काम गर्दा समेत सम्भावित विपतलाई मध्यनजर गरेर काम गर्नु पर्ने देखिन्छ ।
जय होस

Khaptadkhabar the love