एमालेलाई एकीकृत समाजवादीको जवाफ : सुदूरपश्चिममा सोडारी नै मुख्यमन्त्री


काठ्माण्डौ ५ बैसाख,
एकीकृत समाजवादीले सुदूरपश्चिममा संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले नेताहरूले सोडारीलाई समर्थन गर्न आनाकानी गरेपछि केन्द्रबाट पोजिसन क्लियर गर्नु परेको नेताहरू बताउँछन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीलाई लिएर सत्ता गठबन्धनमा कचपच चलिरहेको छ । सात प्रदेशको भागबन्डाका क्रममा एमाले र माओवादीका नेताहरूले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेका थिए । तर सरकार गठनमा निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टी दुई समूहमा बाँडियको छ ।

Khaptadkhabar the love