सुदूरपश्चिमाञ्चल विश्वविद्यालय नेपालकै दोस्रो ठूलो विश्वविद्यालय हो: भिसी डाक्टर हेमराज पन्त


टीकापुर ३ असोज

आगामि कार्यदिशा अबसर र चुनैाति बिषयमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्क्रिया भएकाे छ ।सुदूरपश्चिम विश्व बिद्यालयका उप कुलपति प्राध्यापक डा हेमराजपन्त ,रजिस्टार यज्ञ राज पाठक शिक्षा संकाय डिन भवान सिं चलाउने ,विभिन्न राजनैतिक पार्टीका कार्यकर्ता समाज सेवि संघ संस्थाका प्रतिनिधि र विद्यार्थी संघ संगठनका प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।उप कुलपति प्रा डा हेमराज पन्तले हाल सुदूरपश्चिम विश्व बिद्यालयमा भेटेनरी साईन्स बाहेक सबै बिषय पढाइने गरेकाे बताउदै सुदूरपश्चिम बिश्वबिद्यालयकाे सर्टीफिकेटले सबैतिर मान्यता नहुने भनी गलत प्रचार गरिएकाे बताउदै त्यसमा कुनै सत्यता नभएकाे बताउनु भयाे ।यस्तै उहाँ ले सु प बिश्वबिद्यालयकाे पाठ्यक्रम हालका अरू बिश्वबिद्यालयकाे भन्दा उत्कृष्ठ रहेकाे बताउनु भयाे । बिश्वबिद्यालयका रजिस्टार प्राध्यापक यज्ञराज पाठकले २०६७ सालमा सुदूर पश्चिम बिश्वबिद्याय ऐन पास गरेकाे बताउदै २०६९प्रकृया पुरागरि २०७०बाट प्रक्रिया पूरा भएकाे बताउदै सिद्धनाथ क्याम्पस महेन्द्रनगरलाई सुप बि बिमा समाहित गरिएकाे बताउनु भयाे यस्तै वहाले २्०७५ साल श्राबण १ गते टीकापुर बहुमुखि क्याम्पस लगाएत १४ वटा क्याम्पस समाहित भएकाे बताउनु भयाे ।यस्तै वहाले हर्बल बिषय पढाउने प्रयास भैरहेकाे बताउदै सुदूर पश्चिममा पर्यटक आउन ७० हजार प्लेनकाे टीकट लाग्ने बताउदै सुपकाे अरू नाकाबाट जान आउन नपाईने ब्यबस्थाभएकाले बिदेशि पर्यटक यहाँ ल्याउन समस्या भएकाे बताउनु भयाे । टीकापुरमा १४ कराेडकाे हारहारीमा भवन बनिरहेकाे बताउदै कृषि हब बनाउन सकिने बताउनु भयाे ।कार्यक्रमकाे शुरूमा शिक्षा संकाय डिन भ्वान सिं चलाउनेले सुदूरपश्चिम विश्व बिद्यालयकाे बिगतदेखि हालसम्मकाे सम्पुर्ण बिबरण कार्यपत्र पेश गर्नु भएकाे थियाे । यस्तै कृषि संकाय डिन बिष्णु बिलास अधिकारीले पनि कार्य बिबरण पेश गर्दै कार्यक्रम लागू गर्न छुट्टाईएकाे जग्गाकाे कम भएकाे बताउदै उपलब्धकालागि माँग गर्नु भएकाे थियाे ।कार्यक्रममा संबिधान सभा सदस्य हरि ज्ञवाली शसस्त्र प्रहरी टीकापुरका प्रमुख एस एस पि नरेन्द्र सिं समाज सेवि शिव थापा ,मातृका तिमिल्सैना परमानन्द पाण्डे रंग अधिकारी लगाएतले आआफ्नाे सुझाव पेश गरेका थिए ।कार्यक्रम बाल कसमार चाैधरीले सञ्चालन गरेका थिएभने कार्यक्रमकाे सभापतित्व टीकापुर बहुमुखि क्याम्पस प्रमुख ढबिन्द्र रावलले गरेका थिए ।

Khaptadkhabar the love