जोशीपुरमा नेकपा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम


जोशीपुर १४ कार्तिक

नेपाल कम्युनिस्ट पार्टी एमाले जोशीपुर गाउँ कमिटीको आयोजनामा तिहार छट तथा नेपाल सम्वतको शुभकामना आदानप्रदान कार्यक्रम आज जोशीपुरमा सम्पन्न भएको छ।
सो शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क का इन्चार्ज मातृका तिमिल्सिनाले हाम्रा सांस्कृतिक चाडपर्वहरूले सामाजिक एकता, भातृत्व र सामाजिक सद्भाव बलियो बनाउने बताउनुभएको छ।
उहाँले पार्टीले जनताका समस्या समाधान गर्नका लागि अब एकताबद्ध ढंगले अगाडि बढ्न सक्नुपर्नेमा जोड दिनुभयो।
बलियो संगठन भएर पनि सांगठनिक अनुशासन मा कमजोरी हुँदा पार्टीले गएको चुनावमा अपेक्षित नतिजा हासिल गर्न नसकेको बताउँदै तिमेल्सेनाले अब पार्टीको ध्यान संगठन निर्माणतर्फ लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेकपा एमाले कैलाली जिल्ला कमिटीका सचिव ममता प्रसाद चौधरीले पार्टी जनताका बीचमा लोकप्रिय हुनका लागि कार्यकर्ताहरूले समेत आफ्ना गतिविधिहरु असल बनाउनुपर्ने बताउनुभयो ।
यसपछिको आवाधिक निर्वाचन पार्टीले जित्नका लागि पार्टीको आधारभूत तहको संगठन मजबुत र परिचालित हुनुपर्ने बताउँदै सचिव चौधरीले सांगठनिक अराजकतालाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो।
कार्यक्रममा नेकपा एमाले कैलाली जिल्ला कमिटी सचिवालय सदस्य गणेश पाठक, जिल्ला कमिटी सदस्य केशव गिरी, पूर्व प्रदेश कमिटी सदस्य प्रेम चौधरी ले बोल्नुभएको थियो।
पार्टीका जानकी गाउँ कमिटीका अध्यक्ष केशर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सन्तोष चौधरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य बमबहादुर शाहले राख्नुभएको थियो।
कार्यक्रममा विभिन्न थारु सांस्कृतिक झाँकीका साथै शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो।
उपचाररत पार्टी सदस्यलाई सहयोग हस्तान्तरण
सो कार्यक्रममा पार्टीका बयोवृद्ध सदस्य भगतराम चौधरीका छोरा सिकिस्त बिरामी भएर उपचार व्रत भएकोले उहाँको उपचार सहयोगका लागि पार्टीका नेता तथा कार्यकर्ताबाट संकलन गरिएको करिब ४० हजार भगतराम चौधरीलाई प्रमुख अतिथि प्रदेश कमिटी सदस्य मातृका तिमिल्सिनाले हस्तान्तरण गर्नुभएको थियो ।
चौधरी प्रेसर को गम्भीर बिरामी भएर अस्पतालमा उपचार गराई अहिले घरमा आराम गरिरहनु भएको छ।
उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पार्टीका कार्यकर्ता र सदस्यहरूबाट संकलन गरेर एउटा साथीलाई मर्का पर्दा सबैको तर्फबाट सहयोग स्वरूप शुभकामना गरिएको जिल्ला सचिवालय सदस्य गणेश पाठकले जानकारी दिनुभयो।

Khaptadkhabar the love