
गङ्गा जमुना बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन बिक लुवार रहनुभएको थियो। प्रमुख अतिथि लुहारले देशमा सहकारी भित्र धेरै विकृति विसंगतिका कारण सहकारीप्रति जनताको अविश्वास बढेको बताउनुभयो। यस्तै उहाँले गंगा जमुना बचत तथा ऋण सहकारी संस्थाले राम्रो काम गरेको बताउनु भयाे। कार्यक्रमका विशिष्ट अतिथि टिकापुर नगरपालिका आर्थिक विकास शाखा रञ्जु आचार्यले सहकारी बैंक सञ्चालन भएजस्तो नहुने बताउँदै सहकारी शेयर सदस्य तथा सञ्चालक समितिबाट चल्ने बताउँदै सेयर सदस्यको निगरानी हुनुपर्ने बताउनुभयो। कार्यक्रममा जिल्ला बचत सङ्घका लेखा समिति संयोजक बद्रीप्रसाद भट्टराई,कार्यक्रममा सम्मानित हेमराज भट्टराई ,कानुनी सल्लाहकार मुक्तिप्रसाद भट्टराई ,एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष झपट बुढा आदिले कार्यक्रममा शुभकामना मन्तव्य गरेका थिए। कार्यक्रममा अध्यक्षको प्रतिवेदन अध्यक्ष राजेन्द्र प्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको थियो। यस्तै लेखा समितिको प्रतिवेदन चेतराज शर्मा, आर्थिक प्रतिवेदन व्यवस्थापक कुशराज भट्टराईले प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मानित गरिएको थियो। सम्मानित हुनेहरूमा शेयर सदस्य परिवारबाट फिनल्यान्डबाट वातावरण साइन्स मा विद्यावारिधि गर्ने हेमराज भट्टराई, डेन्टल सर्जन MBBS गरी सेती अञ्चल अस्पतालमा कार्यरत अपेक्षा भट्टराई लाई सम्मान गरिएको थियो। सम्मानको क्रममा नेपाल सरकार खुल्ला प्रतियोगिताबाट उपसचिव पदमा नाम निकाल्न सफल गंगाराम भट्टराईलाई सम्मान गरिएको थियो। यस्तै जेष्ठ शेयर सदस्य सावित्रा देवी भट्टराई, उत्कृष्ट कर्मचारीमा जानकी शर्मा एकल महिला र असल बचतकर्ता पवित्र साउदलाई सम्मान गरेको थियो। शेयर सदस्यका बच्चाहरूमध्ये छोराछोरीहरूमध्ये शैक्षिक वर्ष २०८० मा उत्कृष्ट सरकारी स्कुलबाट एसइइमा ३.१६ जिपिए ल्याउने जेहेन्दार जनजातिका सृष्टि डगौरा लाई सम्मान गरिएको थियो। अध्यक्ष राजेन्द्र प्रसाद भट्टराईले प्रस्तुत गरेको गरेको प्रतिवेद अनुसार गत आब ०८०/८१ मा शेयर सदस्य सङ्ख्या ३५२ रहेको, सेयर पुँजी २३ लाख८४ हजार रहेको बचत संकलन, ३ करोड ७१ लाख ३४ हजार ३८७ भएको ऋण लगानी १ करोड ८ लाख २० हजार भएको मा १ करोड ४ लाख ९१ हजार ५२६ ऋण असुल गरिएको मा ऋण असुल गर्न बाँकी ९८ लाख ८६ हजार ४३१ रुपैयाँ रहेको बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। कार्यक्रमको अध्यक्षता गंगाजमुना सहकारी संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद भट्टराईले गरेका थिए।।कार्यक्रममा ऋण उपसमितिका संयोजक तथा सञ्चालक समितिका सदस्य चन्द्रदेव भट्टराईले स्वागत गरेका थिए भने सचिव छविराज उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए।
One comment on “गंगा जमुना सहकारीको साधारण सभा”
FB URL Shortener
[…]we came across a cool web page that you just may enjoy. Take a appear in the event you want[…]