एमाले सुदुरपश्चिम प्रचार विभागले मुख पत्र सूर्य युग प्रकाशन गर्ने


धनगढी २३ बैसाख
नेकपा एमाले सुदुरपश्चिम प्रचार तथा प्रकाशन विभागले “सूर्य यूग” नामक त्रैमासिक मुख पत्र प्रकाशन गर्ने निर्णय गरेको छ । प्रचार विभागले यस अघि नै सूर्य युग प्रकाशन गर्ने भनी गरेको निर्णयलाई नै टेकेर बैठकले सो प्रकाशनलाई त्रैमासिक मुख पत्रकारुपमा प्रकाशन गर्ने निर्णय गरेको हो ।
आज पार्टी प्रदेश कार्यालय धनगढीमा सम्पन्न प्रचार तथा प्रकाशन विभागको पहिलो बैठकले सो निर्णय गरेको हो ।
विभागको बैठकले पार्टीको चालु आ.व.को कार्ययोजना निर्माण गर्दै पार्टी प्रचारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम संचालन गर्ने, पार्टीको केन्द्रसँग समन्वय गर्दै जेठ भित्रै आफ्नै वेभ साईड निर्माण गर्ने लगाएका निर्णय गरेको छ ।
बैठकले पार्टीका तर्फबाट हुने प्रकाशनका सम्पूर्ण काम हेर्नका लागि प्रचार विभागका उप प्रमुख मातृका तिमिल्सैना प्रमुख रहने गरी विभागका सदस्यहरु भोजराज जोसी, शिवराज भट्ट, खडकसिंह बडाल,नवराज भण्डारी र भानुभक्त आचार्य सदस्य रहेको प्रकाशन उप समिति समेत गठन गरेको छ ।
बैठकको अध्यक्षता प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा पार्टीका प्रदे्श उप सचिव भगिरथी बिष्टले गर्नु भएको थियो भने कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष कृृष्ण प्रसाद जैसी र केन्द्रिय सदस्य तथा केन्द्रबाट पार्टी सुदुर पश्चिमको प्रचारका कामहरु समन्वय गर्ने जिम्मेवारी पाउनु भएका केन्द्रिय सदस्य कमला बोहराले प्रचारका कामलाई व्यवस्थित बनाउनका लागि सल्लाह, निर्देशन दिनु भएको थियो ।
बैठकका एमाले सुदुरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दको समेत उपस्थिति थियो भने बैठकको सहजिकरण प्रचार तथा प्रकाशन विभागका उप प्रमुख मातृका तिमिल्सैनाले गर्नु भएको थियो ।

 

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *