
१२ श्रावण २०७५
नेपालको मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम सुरु भएको छ ।
काठमाडौंको बसुन्धारस्थित चन्द्रविन्दु स्कूलमा आयोजना भएको राष्ट्रिय बाघ चाल प्रतियोगिताको उद्घाटन वरिष्ठ खेलाडी वैकुण्ठ मानन्धरले गरेका थिए ।
उद्घाटन कार्यक्रममा मानन्धरले नेपालको मौलिक रैथाने खेल बाघचाल प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै अन्य यस्तै खेलहरुको खोजी गरी मुल धारमा ल्याउनुपर्ने बताए ।
उनले भने, बाघ चाल जस्तै अन्य मौलिक खेलहरुलाई प्रवद्र्धन गर्न राज्यले पनिविशेष ध्यानदिनुपर्छ । नेपालको सँस्कृतिसँग जोडिएका खेलहरुको प्रचारप्रसार गर्नुपर्नेमा पनि उनले जोड दिएकाछन् ।
नेपालका विभिन्न मौलिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालले आगामी साउन ११ र १२ गते काठमाडौंको बसुन्धारास्थित चन्द्रविन्दु स्कुलमा उक्त कार्यक्रम गरेको हो ।
कायैक्रममा ११४ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । यसमध्ये १८ वर्ष मुनिका १६ जना र १८ वर्ष माथिकापनि १६ जना तेस्रो राउन्डमा पुगेकाछन् ।
राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता पहिलो पटक भएको हो । यो प्रतियोगितामा १० वर्षका वालवालिकादेखि ८० सम्मका वृद्धवृद्धाको सहभागिता रहेको छ ।
यता, शनिबार नै दिउँसो ४ बजे नेपाली खेल क्षेत्रमाविशेष योगदान पुर्याउने १२ जनापूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मानगर्ने कार्यक्रम रहेको छ ।