अान्तरिक उत्पादन बढाउन सके अार्थिक बृद्दि :अर्थमन्त्री खतिवडा


अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सारले व्यापारलाई व्यवस्थित गरि कार्य गर्नु पर्ने बताउनु भयो । टीकापुर नगरपालिका वडा नं. ९ स्थित सत्ती भन्सार कार्यालयको औपचारिक उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले उठेको करलाई राष्टिय हितमा लगाउनु लगाउनु पर्ने बताउनु भयो ।
उहाँले आयातले देश समृद्धि नहुने भएकाले स्वस्थ आयातमा ध्यान दिनु पर्ने र अहिले आयात प्रतिष्ठापन हुदै गएकोले स्थानिय तहमा स्रोत साधनले सम्पन्नता भएकाले औद्योगीकरण, आधुनिकीकरण गर्दै आन्तरिक उत्पादन बढाउन सके आर्थिक वृद्धि र समृद्धि हुने बताउनु भयो।
उहाँले विदेशी लगानी तथा अन्र्तराष्ट्रिय सहायतालाई देशको विकासमा जोडनु जरुरी रहेको बताउनु भयो । सुशासनले राजश्वमा वृद्धि हुदै गएको र खर्च गर्ने कानुनसरकारले बनाउने कसरतमा रहेकोले स्थानिय तहका जनप्रतिनिधीले पनि सहि रुपमा परिचालन हुन आवश्यक रहेको बताउनु भयो ।
खुल्ला सिमाको कारण राजश्व चुहावत हुने तथा सिमामा विभिन्न गतिविधि हुने भएकाले सरकारले सिमा क्षेत्रमा अहिले सिमा सुरक्षा बलको अवधारणा अगाडी सार्दै सबै प्रवन्ध गरेको बताउनु भयो । सरकारले नागरिकका मौलिक हक तथा खाद्य, उर्जा, स्वास्थ्य, आवासको सु सुरक्षाको लागि विभिन्न कार्यक्रम अगाडी सारेको भन्दै न्यायीक रुपमा वितरण गर्ने बताउनु भयो ।
सत्ती भन्सारमा पशु क्वारेन्टाइन तथा प्लान्ट क्वारेन्टाइनको व्यवस्थाको लागि पायक पर्ने स्थानमा सरकारले खाद्य गुणस्तर प्रमाणिकरण कार्यालय स्थापन गर्दै गएको बताउनु भयो । रहरले एयरपोर्ट बनाउन नहुने भन्दै यस क्षेत्रको जनता हवाइ सेवाको पहुचमा पुग्नको लागि आर्थिक समृद्धि भए टीकापुरमा हवाईसेवा विस्तार हुने र टीकापुर पार्कको कार्ययोजना संचालनको लागि सम्बधित निकायको ध्यान जानु पर्ने बताउनु भयो ।
उहाले दुई वर्षका अवधिमा बैकको विस्तार सबै ठाउँमा दोब्बर रुपमा विस्तार भैरहेकोले कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गर्नु भयो । गरिबीबाट उन्मुक्ति दिनको लागि स्रोत साधन, श्रमको सदुपयोग हुर्ने बताउनु भयो ।
भन्सार कार्यालउ उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य रतन थापा, उमा वादी, पुर्व सांसद गरिमा शाह, जिल्ला समन्वय समितीका अध्यक्ष सुर्य बहादुर थापा, भन्सार विभागका महानिर्देशक सुमन दाहाल, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल, टीकापुर उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष राम बहादुर भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । स्वागत त्रिनगर भन्सारका प्रमुख इश्वरी अर्यालले गर्नु भएको थियो भने कार्यक्रम संचालन सत्तीका प्रमुख रामचन्दै ढकालले गर्नु भएको थियो
अर्थमन्त्री खतिवडालाई टीकापुर उद्योग वाणिज्य संघ र भजनी नगरपालिकाबाट यस क्षेत्रको विकासको लागि ज्ञापनपत्र बुझाइएको थियो ।
२०५२ सालमा स्थापित रहेको सत्ती छोटी भन्सार २०५८मा सशस्त द्धन्दको कारण विस्थापित भएको थियो । २०७५ कार्तिक ५ गते मुल भन्सारको मान्यता पाएको कार्यालयमा पहिलो वर्षमा ७ करोड २९ लाख राजश्व संकलन गरेको थियो ।

Khaptadkhabar the love