
टीकापुर १४ भदौं
टीकापुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि चक्रपाणि सापकोटाको नेतृत्वमा आज प्यानल घोषणा गरिएको छ ।
टीकापुरको सिद्धार्थ होटेलमा सापको्टा नेतृत्वमा प्यानल घोषणा गरिएको हो । सापकोटा टीकापुर उद्योग वाणिज्य संघको वर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँ टीकापुरको पुरानो व्यवसायी हुनुका साथै न्यू राजु इम्पोरियमको सञ्चालक समेत हुनुहुन्छ ।
सो प्यानलको उपाध्यक्षमा उद्योग तर्फ जगत चौधरी, वाणिज्य तर्फ कृष्ण प्रसाद उपाध्याय (वजगाई) रहनु भएको छ । चौधरी स्थानिय परशु इट्टा उद्योगको सञ्चालक हुनुहुन्छ भने बजगाँई जैमनी स्टोर एण्ड सप्लायर्सका सञ्चालक हुनुहुन्छ ।
यस्तैे् महासचिवमा परमानन्द पाण्डे, सचिवमा तपेन्द्र कुँवर र कोषाध्यक्षमा हरिलाल डगौरा थारु रहनु भएको छ । पाण्डे दृष्ट्रि अडर एण्ड सप्लायर्सका सञ्चालक, कुँवर इनद्रेनी काष्ठका सञ्चालक र थारु अनिता साइकल स्टार्सका सञ्चाचलक हुनुहुन्छ ।
यस्तै सदस्यमा सदस्यमा प्रकाश उपाध्याय (तिमिल्सैना) पृथ्वी ढुँगाना,बमबहादुर वली, हेमन्त रावल, नमराज देवकोटा, विनोद शर्मा ( बरही), दुर्गा शाहु, जितबहादुर चौधरी पंछी, माया वागदास र पार्वती महतोे रहनुभएको छ ।
सदस्यमा उम्मेद्धारी घोषणा गरिएका प्रकाश उपाध्याय तिमिल्सैना स्थानिय महालक्षमी गार्मेन्ट र महालक्ष्मी फुड प्रोडक्टका सञ्चालक हुनुुहन्छ । यस्तै ढुुँगाना शुभ लक्ष्मी अपसेट प्रेसका सञ्चालक हुनुहुन्छ भने वली मोलोझ पोल्ट्री फर्मका सञ्चालक रहनु भएको छ । सदस्यमा उम्मेद्धारी घोषणा गरिएका देवकोटा ओम देवकोटा जनरल स्टार्सका सञ्चालक हुनुहुन्छ भने विनोद शर्मा माँ सरस्वती ट्रेड एण्ड सप्लायर्स तथा दुर्गा शाहु, जय मातादी गोल्ड प्यालेसका सञ्चालक हुनुहुन्छ । यस्तै सदस्यका उम्मेद्धार रावल न्यू जाँनकी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक हुनुहुन्छ भने जितबहादुर चौधरी पंछी सुसन ट्रेडर्सका सञ्चालक हुनुहन्छ । यस्तै माया बागदास स्थानिय न्यू जेपी ट्रेड सेन्ँटरका सञ्चालक तथा पावर्ती महतो एस के ट्रेडर्सका सञ्चालक हुनुहुन्छ ।